अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको ब्यवस्थापन भद्रगोल
Advertise Here Book Now

जेठ ६ । सरकारको लामो तयारी पछि आजबाट राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको ब्यवस्थापन अस्तब्यस्त बनेको छ । झण्डै चार करोड खर्च गरेर सरकारले आयोजना गरेको सम्मेलनमा २५ मुलुकका मन्त्री, भिक्षुसहित सरकारी अधिकारीहरु सहभागि छन । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनमा सहभागि हुन आएका प्रतिनिधिहरुलाई बस्ने ब्यवस्थापनसमेत लथालिङग देखिएको छ । अधिकांश प्रतिनिधिहरुले बस्ने कुर्सि समेत पाएका थिएनन । प्रतिनिधिहरुलाई बाहिर टेन्ट टागेर बस्ने ब्यवस्था अन्तरिम रुपमा मिलाउनु परेको थियो । सम्मेलनमा सहभागि हुन आएका विभिन्न देशका मन्त्रीहरुलाई समेत बस्ने ब्यवस्था हम्मे हम्मे थियो । जसको कारण प्रतिनिधिहरुमा अन्यौलताको साथै आक्रोस समेत देखिएको थियो ।पर्यटन सचिव प्रेम राईले सोचे भन्दा बढी प्रतिनिधिहरु सहभागि हुन आएकोले सोचे अनुसारको ब्यवस्थापन गर्न नसकिएको स्विकार्दै तत्काल सरकारले उचित ब्यवस्थापन गर्ने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्