विद्यार्थीलाई लाइन लगाएर गोली हानियो, १२६ जनाको हत्या (तस्विर सहित)
Advertise Here Book Now
एजेन्सी ।
पाकिस्तानको पेशावरस्थित एक सैनिक विद्यालय भिषण आतंकवादी आक्रमणको शिकार भएको छ । मंगलबार तालीबानी लडाकुले गरेको आक्रमणमा विद्यालयभित्र कम्तिमा १२६ जनाको ज्यान गएको अधिकारीहरुले पुष्टी गरेका छन् । जस मध्ये १२४ विद्यार्थी रहेको पुष्टी हुन बाँकि रहेको खवरमा जनाइएको छ ।
समाचारमा जनाइए अनुसार ५-६ जनाको समूहमा सैनिक विद्यालयमा प्रवेश गरेका तालिबानी लडाकुहरुले आत्मघाती भेष्ट लगाएका थिए । अति विभत्स दृष्य सार्वजनिक भएको उक्त आक्रमणका क्रममा विदयालयमा कम्तिमा ५०० विद्यार्थी रहेको बताइएको छ ।
कति मारिए र कति बन्धक बनाइएको छ भन्ने प्रष्ट छैन । यो आक्रमण पाकिस्तानकी तालिबानको सबैभन्दा भयानक आक्रमण हो ।
अहिले शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गरेकी १७ वर्षीया वाल शिक्षा अभियान्ता मलाला युसफजाईलाई गोली हानेका तालिबानहरुले यतिका संख्यामा विद्यार्थी मारेपछि यस्ले चौतर्फी आतंक सृजना गरेको छ ।
केही वर्षा यता पाकिस्तानमा यस प्रकारका हिंसामा परी हजारौं मानिस मारिइसकेका छन् । तर एकैपटक यति ठूलो संख्यामा विद्यार्थीलाई निशाना बनाइएको भने यो पहिलो पटक हो ।
सेनाले आफूहरुविरुद्ध गरेको कारवाहीको वदलास्वरुप तालिबानले सैनिक विद्यालयमा आक्रमण गरेका हुन् ।
सबैभन्दा बढी हताहती एक लडाकुले गराएको आत्मघाती आक्रमणका कारण भएको बताइएको छ । जसमा कम्तिमा ८० जना मारिएका थिए । मारिने मध्ये अधिकाँश विद्यार्थी वालवालिका छन् ।
विहान १० बजेतिर शुरु भएको उक्त आक्रमणमा १२६ जना मारिएको पुष्टी भएको छ जसमा १०० भन्दा बढी बालबालिका छन् । त्यसैगरी शिक्षक र सैनिक अधिकारीहरु पनि आक्रमणमा मारिएका छन् ।
विद्यार्थीहरुलाई लाइन लगाएर गोली हानिएको र कतिपय भागिरहेकाहरुलाई समेत पछाडीबाट गोली हानिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
सैनिक अधिकारीहरुले विद्यार्थीहरुलाई प्राथमिक उपचारको तालिम दिइरहेको समयमा लडाकुहरु विद्यालयमा घुसेको बताइएको छ ।
सञ्चार माध्यमहरुले रगताम्मे अवस्थामा विद्यार्थीहरुलाई विद्यालयबाट निकालिँदै गरेको र एम्बुलेन्स घटनास्थलतर्फ दौडिरहेका दृष्य प्रसारण गरेका छन् ।
उक्त विद्यालय सैनिक अकडा नजिकै रहेको बताइएको छ । पेशावर तालिबानी हिंसाका कारण शुरु देखि अशान्त रहँदै आएको क्षेत्र हो ।
आक्रमण भएको पेशावर पुगेका पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रिफले आक्रमणलाई राष्ट्रिय दुखद् घटनाको सज्ञा दिएका छन् ।
प्रधानमन्त्रीको राजिनामा माग गर्दै आएका विपक्षी दलका नेता एवं पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानले पनि आक्रमणलाई वर्वरताको सज्ञा दिँदै कडा शब्दमा निन्दा गरेका छन् ।