गोली ठोक्ने धम्की दिने शिक्षकलाई कारवाही गरे जिल्लाभरीका विद्यालय बन्द गर्ने चेतावनी
Advertise Here Book Now
नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक फोरम लगायतका ९ वटा पेशागत संगठनका अध्यक्षले संयुक्त रुपमा विज्ञप्ती जारी गरी यस्तो चेतावनी दिएका हुन् । मावि ब्रम्हान गोर्छारी हनुमाननगरका प्रअलगायत शिक्षकहरु र व्यवस्थापन समितिका पदाधिकारीबीच उत्पन्न विवादलाई लिएर मुद्दा दर्ता भएको विज्ञप्तीमा उल्लेख छ ।
‘‘विवादलाई तीन दिनभित्र समझदारीमा टुङ्गो लगाउन अनुरोध गर्दछौं । सो नभई मुद्दाको प्रक्रियालाई निरन्तरता दिएमा पेशागत संगठनलगायत सम्पूर्ण शिक्षक समुदाय कडा भन्दा कडा कदम चाल्नुका साथै जिल्ला भरिका सम्पूर्ण विद्यालयहरु बन्द गर्न बाध्य हुनेछौं’, विज्ञप्तीमा उल्लेख छ ।
ब्रम्हान गोछारी स्थित मावि हनुमाननगरका निमित्त प्रअ नारायण साह, लहान नपा ९ स्थित प्रावि गोठका प्रअ करुण यादब र शिक्षक विहारी साहमाथि ईलाका प्रहरी कार्यालय लहानमा केही सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता भएको छ । ब्रम्हान गोछारीस्थित मावि हनुमाननगरका अध्यक्ष गणेश चौधरीले आफूलाई गोली ठोक्ने धम्की दिएकोले उहाँहरु विरुद्ध प्रमाणसहित किटानी जाहेरी दर्ता गराएका छन् ।
मुद्दा दर्ता फिर्ता लिनुपर्ने भन्द्र ब्रम्हान गोर्छारी स्थित मावि हनुमाननगर हिजोदेखि नै अनिश्चित कालका लागि बन्द गरिएको छ भने निमित्त प्रअ साह, प्रअ यादब र शिक्षक साह दुई दिनदेखि विद्यालयबाट विदा लिएर सम्पर्क विहिन बनेका छन् ।
ब्रम्हान गोछारी माविका अन्य शिक्षकहरु भने विद्यालय बन्द गरी मंगलबार वद्यार्थीहरुलाई उकासेर ईलाका प्रहरी कार्यालय लहान अगाडि प्रदर्शन गर्न लगाएका थिए ।