तीन नेतालाई उपचार गर्न पाँच करोड,जनताको भागमा मात्रै रु. ३४८
Advertise Here Book Now
सरकारी तथ्यांकअनुसार दैनिक ६ सय गरिब र निमुखा जनता अस्पताल पुग्नै नपाएर ज्यान गुमाइरहेका छन् ।अस्पतालसम्म पुगेका सयौं सर्वसाधारणले पनि पैसाको अभावले उपचार पाइरहेका छैनन् ।
विभिन्न रोग तथा दुर्घटनाबाट नेपालमा दैनिक करिब ८ सयको ज्यान गुम्छ । त्यसमध्ये ६ सय अस्पताल पुग्न नपाएरै मर्छन् । ‘गाउँमा अस्पताल नै छैन,रोग लागिहाल्यो भने तत्कालै ल्याइपुर्याउने अवस्था पनि छैन,त्यसैले अधिकांश ग्रामीण बासिन्दा उपचार अभावमै मृत्युवरण गर्छन्,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने ।
प्रधानमन्त्री सुशील कोइरालाको उपचारमा सरकारी ढुकुटीबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीको उपचारमा पनि एक करोड २६ लाख ३५ हजार सकिएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालको उपचारमा लागेको सम्पूर्ण उपचार पनि सरकारले नै व्यहोर्ने भएको छ । पिसाव नलीमा समस्या देखिएपछि उनले पनि अमेरिकामा शल्यक्रिया गराएका थिए । खनालको उपचारको बिल नआएकाले खर्चको विवरण नआए पनि उनको उपचारमा पनि करिब १ करोड खर्च भएको हुन सक्ने अर्थ मन्त्रालय स्रोतको दाबी छ ।