केले मिलायो एमालेको गहिरो विवाद
Advertise Here Book Now

गोकर्णमा अध्यक्ष केपी ओलीले गित गाएको, योगेश र रविन्द्र नाचेको, अरुले तालि पड्काको (फोटो फिचर)

1
काठमाडौं,पुस ३ – तीन साताअघि इलामको जिल्ला अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराई सहभागी हुँदै थिए । तर,दुबैलाई एकअर्काबारे थाहा थिएन । झापा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै गर्दा भट्टराई पनि त्यही झुल्किएपछि अध्यक्ष ओलीले सोधे,‘तपाईं कता ?’ ओली कता जाँदै छन् भन्ने थाहा नपाएका भट्टराईले जवाफ दिए,‘इलामको जिल्ला अधिवेशनमा जाँदै छु ।’ एमालेमा नवौं महाधिवेशनपछि दुई खेमाबीच देखिएको विवादको उदाहरण मात्रै हो यो । केन्द्रदेखि तल्लो निकायसम्मका कार्यक्रममा सहभागी हुने नेताहरु पार्टी अनुमतिले नभई गुटगत सम्पर्कका आधारमा सहभागी हुने गरेका थिए । उनीहरुलाई फूलमाला र बुकीले स्वागत गर्ने पनि आ–आफ्नै खेमाका कार्यकर्ता हुन्थे । तर केन्द्रीय कमिटिको चौथो बैठकले भने नेताहरुबीचको मनमुटाब र तुस मेटेको छ । बुधबार पत्रकारका अगाडि नेताहरुले आन्तरिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । त्यही खुशीमा मंगलबार केन्द्रीय कमिटिको बैठक सकेर एमाले नेताहरुले गोकर्ण रिसोर्टमा सँगै खानपिन र नाचगानसमेत गरे । यसरी भयो समझदारी केन्द्रीय कमिटिको चौथो बैठक बस्न एक साताअघि १४ मंसिरमा ओलीले नेता नेपाललाई टेलिफोन गरी पार्टीको आन्तरिक समस्याका विषयमा छलफल गर्न बोलाएका थिए । उनीहरुबीच गौशालास्थित पशुपति भिजनमा रहेको मदन भण्डारी फाउन्डेसनको कार्यालयमा गोप्य छलफल भएको थियो । अध्यक्ष ओलीले नेपालसँग भएको कुराकानीबारे उपाध्यक्ष भिम रावललाई समेत बोलाएर बिफ्रिङ गरेका थिए । उनले नेताहरु ईश्वर पोखरेल,मुकुन्द न्यौपाने,शंकर पोखरेल,प्रदिप ज्ञवालीहरुसँग पनि आन्तरिक समस्या समाधानका विषयमा सल्लाह गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
259

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्