पति विदेशीएपछि पत्निलाई यातना
Advertise Here Book Now
गोविन्दपुर वस्तीपुर ६ ९लहान १४० निवासी सुमित्रा साहलाई जेठानी सोनियादेवी साहले कुटपिट गरी घरबाट निकाला गर्ने धम्की दिंदै आएको छ ।
सुमित्राकी पति प्रकाश साह बैदेशिक रोजगारको लागि साउदी बस्दै आएका छन् । मंसिर २८ गते सुमित्रालाई उनका जेठानीले रक्तामय गरी कुटपिट गर्दै घरबाट निकाला गरेका छन् । सुमित्रा गहभरी आंशु भर्र्दै— ‘पतिले जेठानीकै नाममा पैसा पठाउंने गरेको छ भने खानलाउन माग गर्दा पटक पटक कुटपिट गर्ने गरेको छ ।’ ‘यसअघि प्रहरीले खानलाउन दिनुपर्छ भनी घर फर्काएका थिए । तर, हालसम्म केही दिएका छैन् ।’ सुमित्रालाई खानलाउन नदिएपनि उनी वैनजन गरी जीवन पाल्दै आएका छन् ।
यता, महिला अधिकारकर्मी आशा पाल भन्छीन् ‘महिलाको शत्रु महिला नै हुन् ।’‘ विहे गरेको साढे तीन बर्ष भइसक्दा पनि पति र उनकी जेठानीको कारण एक महिलाले यातना भोग्दै आएको छ । यस्तालाई यथाशिघ्र कारवाही गर्नुपर्ने हो ।’