लहान जेसीजको अध्यक्षमा विकास निर्विरोध निर्वाचित
Advertise Here Book Now

bikashसिरहा, ३ पुस । लहान सिटी जेसीज २०१५ का लागि अध्यक्षमा विकास शारडा निर्विरोध निर्वाचित हुनुभएको छ ।
बुधवार अवेर राति सम्पन्न जेसीजको १३ औं साधारणसभाबाट शारडा अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका उम्मेदवार शंकरप्रसाद गुप्ता र विजय चौधरीले उम्मेदवारी फिर्ता लिएपछि शारडा अध्यक्षमा निर्विरोध भएको निर्वाचन अधिकृत मुरारी प्रसाद साहले जानकारी दिनुभयो ।
जेसीजका उपाध्यक्षमा मिथिलेश यादब, ललिता दास, सन्तोष झा र अभय नारायण झा पनि निर्विरोध निर्वाचित भएका छन् । यस्तै जनसम्पर्क अधिकारीमा रविन्द्र श्रेष्ठ, तालिम निर्देशकमा अजय जयसवाल, कार्यकारणी उपाध्यक्षमा सन्तोष साह र गंगाप्रसाद यादब पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष विकास शारडाले जेसीज सन् २०१४ का अध्यक्ष काशिन्द्र प्रसाद यादबले थालेको लागुऔषध विरुद्धको अभियानलाइँ निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले लहान नगरपालिकाभित्र सरसफाईको अभियान पनि चलाउने पनि बताउनुभयो ।
यस्तै लहान सिटी जेसीज २०१४ का अध्यक्ष कासिन्द्र प्रसाद यादबले नव निर्वाचित अध्यक्षलाई बधाई दिँदै अगामी दिनहरुमा विगतका दिनमा चलाईएको अभियानहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
उद्घाटन सत्रमा अध्यक्ष यादबले कार्यक्रमका प्रमुख अतिथि तथा ईलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत रविन्द्र चौधरीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्