ट्राफिक प्रहरीद्धारा तीन लाख भन्दा बढी राजश्व संकलन
Advertise Here Book Now

सवारी दुर्घटनामा कमी आएको ः नायब निरिक्षक सोडारी

राम नारायण पंडित, सिरहा, ०३ मंसिर ।
सबारी साधनलाई चेकजाचमा कडाई गरेपछि अस्थायी प्रहरी पोष्ट मिर्चैयाले एक महिनाको अबधीमा तीन लाख भन्दा बढी राजस्ब संकलन गरेका छन । ट्राफिक प्रहरीले मंसिर महिनामा झण्डै ७ सय एक बटा सवारी साधन माथी कार्वाही गरेका छन । कार्वाहीबाट ३ लाख ३ हजार ५ सय राजस्ब संकलन गरिएको अस्थायी प्रहरी पोष्ट मिर्चैयाका ट्राफिक प्रहरी नायब निरिक्षक अर्जुन प्रसाद सोडारीले जानकारी दिए । नियम उल्लंघन गर्ने सवारी साधनमा हेलमेट नलगाएका, मादक पदार्थ सेबन गरेका, लाइसेन्स नभएका र तिन जना सवार रहेका चालकलाई कारबाही गरेर उक्त राजश्व संकलन गरिएको छ । कार्वाहीमा पर्नेमा सबैभन्दा बढी मापसे गरेका चालकहरु रहेका छन । मंसिर महिनामा २७ जना मापसे गरेका चालकलाई कार्वाही गरिएको छ । ट्राफिक नियम सम्बन्धी जानकारी हुदाँहुदै जानीजानी नियम उल्लघन गर्नेहरुले दुर्घटना निम्त्याउने गरेको ट्राफ्कि प्रहरीको ठम्याई रहेको छ । ट्राफिक नियम सम्बन्धी जानकारी गराउनका लागी मिर्चैया लगायतका स्थानहरुमा प्रहरीले जनचेतना कार्यक्रमलाई तिब्रता दिएका छन । जनचेतना कार्यक्रममा सहभागीहरुलाई पोष्टर पम्पलेटको साथे भिजुवलको माध्यमले जानकारी गराउने गरेको ट्राफिक प्रहरीको भनाई रहेको छ । जसको कारणले सवारी साधन दुर्घटनामा कमी आएको नायब निरिक्षक सोडारीले दाबी गरेका हुन । साडारीले दिएको जानकारी अनुसार ट्राफिक प्रहरीले सबारी साधनलाई  नियमित चेकजाचमा तीब्रता दिएपछि गाडीहरु धमाधम कार्वाहीमा पर्न थालेको र दुर्घटनामा पनि कमी आएका छन । ट्राफ्कि नियम उल्लंघन गर्ने चालकहरुलाई कुनै हालमा कार्वाही बिना नछाडने गरेको नायब निरिक्षक सोडारीको भनाई रहेको छ । ट्राफ्कि ब्यस्थापनलाई सबल बनाउनको लागी अगामी दिनमा अरु कदम चाल्ने साडारीको भनाई रहेको छ । ट्राफिक प्रहरीले आफ्नो सिमा क्षेत्र भित्रमा सवारी चेकजाचमा अहिले कडाई गरेका हुन । यता, हुस्सुको कारणले दिउँसोको समय पनि अन्ध्यारो भएको जस्तो देखिने भएकोले सबारी दुर्घटना हुन सक्ने भएको हुनाले सबारी चलाँउदा फोग्गी लाइटको प्रयोग गर्न नायब निरिक्षक सोडारीले बताए । त्यस्तै, साईकल चालक तथा पैदल यात्रीहरुले सकेसम्म रातको समय तथा हुस्सु लागेको समयमा मुख्य सड्क प्रयोग नगर्न, बिहान मोर्निंग बाक गर्दा सकेसम्म मुख्य सड्कमा नगर्न र चम्किलो पहिरन लगाउन उहाँले सुझाब दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्