वनभोज खाएर फर्किंदै गरेको बस दुर्घटनामा १० घाइते, ४ को अवस्था गम्भीर
Advertise Here Book Now

Image Title
इलाम, २२ मङ्सिर, इलामको कोल्बुङमा हिजो साँझ भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजको लागि इलामको कन्याम तथा पशुपतिनगर गई फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी झापा दमकका तिलबहादुर श्रेष्ठ, बिबेक लुइटेल, अनिस लकान्द्री, सिरिस मगर, सन्देश श्रेष्ठ घाइते भएका छन् । त्यसैगरी मनोज कुमार नेपाली, टेक बहादुर बस्नेत, प्रताप राई, बिद्या बुढाथोकी, निरोज बुढाथोकी पनि घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको हर्कटे चौकीका प्रहरी सहायक निरीक्षक रामकाजी कटुवालले जानकारी दिए । घाइते सबैको प्रहरीको सहयोगमा स्थानीयबासीले उद्धार गरी उपचारका लागि झापाका बिभिन्न अस्पतालमा पठाएका थिए । ना ४ ख ८१३३ नम्बरको सो बस कोल्बुङ ९ स्थित भालुझोडाको बिश्वकर्मा मन्दिरमा ठोक्किदा दुर्घटना भएको हो । बसको ठक्करबाट मन्दिरको साधुकुटी ध्वस्त भएको स्थानीय आर बी गुरुङले बताए । दुर्घटनाका प्रत्यक्षदर्शी कोल्बुङ २ लसुनेका मिलन भट्टराईले गाडी तिब्र गतिमा आएकोले घुमाउरो बाटो मोड्न नसकेर मन्दिरमा ठोक्किएको बताए । गाडी चालक झापा गौरीगञ्ज १ जुरोपानी निवासी अनन्त प्रसाद राजवंशी र गाडी नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्