रोजगार गर्न चाहनेहरुका लागी भवानी बचत बैंकको साथ
Advertise Here Book Now

महोत्तरीको जलेश्वरमा अवस्थित भवानी बचत तथा ऋण सहकारी संस्थाले नेपालमै रहेर रोजगार गर्न चाहनेहरुको लागी सहुलियत दरमा ऋण उपलब्ध गराउदै आएको छ । विगत ५ वर्ष देखि बचत,ऋण,ब्युटिपार्लर,रेमिटेन्स,सामाजिक र पारम्परिक क्षेत्रमा आफ्नो योगदान दिएर सफलता पुर्वक भुमिका निर्वाह गर्दै आएकोमा एजेन्सी प्रबन्धक दिलिप कुमार चौधरीले समाज र खाताधारी सदस्यहरु प्रति कृतज्ञता व्यक्त गरेका छन ।
५ वर्ष पहिले जम्मा २७ जना सदस्य र १ लाख २५ हजारबाट शुरु गरिएको भवानी बचत तथा ऋण सहकारी संस्थामा अहिले २ हजार सदस्य र २ करोड ४६ लाख ७८ हजारको कारोवार रहेको छ । जसमा शेयर विक्री र बचतको ९४ लाख रहेको छ ।
आफ्नो क्षेत्रमा उतकृष्ट सेवा गरे वापत वितग ३ वर्ष देखि डिभिजन सहकारी संघ धनुषाले महोत्तरी कै उतकृष्ट सहकारी संस्थाको उपाधी दिएको छ ।
थोरै थोरै बचत गरि भविष्यको सपना साकार पारौ भन्ने मुल नाराका साथ संचालनमा रहेको यो बैंकले खाता धारक सदस्यहरुलाई बजार प्रतिस्पर्धा भन्दा सहुलियत दरमा हस्तकला,व्युटिसियन,कम्प्युटर ट्रेनिङ्ग र सिलाई कटाई जस्ता तालिम गराई आत्म निर्भर हुन अभिप्रेरित गरेको छ । साथै किस्ताबन्दीमा घरायसी उपभोग्य सामानहरुपनि उपलब्ध गराउने गरेको छ ।
यस संस्थाले सामाजिक क्षेत्रमा पनि उतिकै योगदान दिएको छ । विभिन्न तालिम र सामाजिक कार्यमा समेत संलग्नता देखाई विगतमा आँखा शिविर संचालन गरेर ४७८ जनाको आँखाको जाँच गरि १०४ जनाको मोतिया बिन्दुको निशुल्क सफल शल्यकृया गराइसकेको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरु गरिरहने प्रतिबद्धता संस्थाको प्रबन्धक चौधरीले व्यक्त गरेका छन । साथै आगामी दिनहरुमा पर्यटन प्रबद्र्धनमा पनि विशेष जोड दिई जलेश्वरलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरि रोजगारीको संभावनालाई बढावा दिइने बताएका छन ।