टिपरको ठक्कबाट एक बालकको मृत्यु
Advertise Here Book Now
सप्तरी, पौष ३ गते । सप्तरी जण्डोलमा आज टिपरको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
जण्डोल ५ स्थित भित्री सडकखण्डमा ना. ३ ख ६६९४ नम्बरको टिपरको ठक्करबाट स्थानिय ५ बर्षिय बिजय सदाको मृत्यु भएको हो।
ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको छ ।
आगलागी
सिराहा, पौष ३ गते । सिराहाको बडहरामाल ५ मा सानी परियारको घरमा आगलागी हुदा १ लाख ५० हजार बराबरको क्षती भएको छ।
बिधुतलाईन सर्ड भई सुरु भएको आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घरमा रहेको एउटा बाख्राको समेत जलेर मृत्यु भएको छ। आगो निभाउने क्रममा घरधनी सानी परियारको हात र अनुहारमा आगोले पोली स्थानिय अस्पतालमा उपचार भईरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ । आगोलाई स्थावासीहरुले नियन्त्रणमा लिएको थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी टोली खटीगएको थियो।