मादक पदार्थ सेवन गरि होहल्ला गर्ने प्रहरी खोरमा
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर,२८ गते । 
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नगर क्षेत्र भित्र मादक पदार्थ सेवन गरि होहल्ला गर्ने आठजनालाई प्रहरीको गश्ती टोलीले शनिवार साझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
पक्राउ परेकोमा जलेश्वर वडा नं १४ अंकारका वर्ष १९को राम बहादुर कापड,वर्ष २४को अमृत कुमार शर्मा,वर्ष २२को अलाउद्दिन अंसारी,वर्ष २४ को पंकज शर्मा, वर्ष ३० को दिपेन्द्र शर्मा, वर्ष २४ को नविन कापड,जलेश्वर ६ का वर्ष १८ को अनिक मिश्र र जलेश्वर ११ का वर्ष २५ को रामेश्वर राय यादव रहेका छन । पक्राउ परेका सवै युवा रहेकोले देशको युवा पुस्ता कुलतमा फस्नु देश विकासमा ठुलो वाधा रहेकोले युवाहरुलाई यस्तो कुलतबाट छुटन र अब आईन्दा यस्तो काम नगर्न चेतावनी दिदै जनही रु ५०० जरिवाना गराई छोडन प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले प्रहरीलाई निर्देशन दिएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्