बेग्लाबेग्लै तीन सवारी दुर्घटनाबाट सात घाइते
Advertise Here Book Now

उदयपुरको त्रियुगा नगरपालिका ८ मा बा.१२ च १२४४ नम्बरको कारले स. २ प ६४६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक सोही नगरपालिका ४ असारी बस्ने २७ वर्षका कैलाश कार्की घाइते भएका हुन। कारको ठक्करबाट उनको दाईने खुट्टा भाँच्चीएकोले उपचारकालागि बिराटनगर ल्याइएको छ। कार तथा चालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सिरहा नगरपालिका ७ कटारी-मीर्चैया सडकखण्डमा गुडिरहेको टाटा पिकअपबाट हामफाल्दा एक भारतीय युवक घाइते भएका छन। कटारीबाट मिर्चैयातर्फ आउदै गरेको बा.८ च १०७ नम्बरको टाटा पिकअपबाट हामफाल्दा भारत घोरासन थाना वुधुवालखन निवासी १८ वर्षिय सन्तोष साह घाइते भएका हुन। गम्भीर घाइते युवकलाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर ल्याइएको छ। पिकअप र चालकलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ।
यस्तै मोरङको डाइनिया गाविस ८ मा बा १२ च ५३१५ नं को माइक्रो बस दुर्घटना हुँदा उक्त माइक्रोमा सवार पाँचजना सामान्य घाइते भएका छन । घाइते सबैलाई स्थानीय क्लिनिकमा उपचार गराइएको छ । सडकमा लागेको बाक्लो हुस्सुका कारण माइक्रो अनियन्त्रीत भइ दुर्घटना भएको बुझिएको छ। माइक्रोका चालक फरार रहेकाले इलाका प्रहरी कार्यालय रंगेलीबाट खोजतलाश भइरहेको छ ।