चिसोले कठयाङ्गिएर सिरहामा दुई जनाको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा समाचारदाता ,सिरहा, २८ मंसिर ।
विगत केही दिनयता तराईका जिल्लाहरुमा बढे्को अत्यधिक चिसोका कारण सिरहामा कठयाङ्गिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुखीपुर गाविस–८ निवासी ६० वर्षीय बौवा सदा र विद्यानगर गाविस –२ निवासी ५० वर्षीया आशादेवी मण्डलको रहेको परिवारजनले बताएका छन । त्यस्तै अत्यधिक चिसोका कारण विगत केही दिन देखि सिरहाको अस्पतालमा बिरामीको चाप समेत बढ्ेको छ ।
मंसिरको अन्तिम सातादेखि सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । दूधेबालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतबाट पीडित बनेको अस्पताल श्रोतले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्