स्वायत्त मधेश प्रदेशका लागी मात्रिका यादवले जनकपुरमा भेला गर्ने
Advertise Here Book Now

स्वायत्त मधेश प्रदेशका लागी आन्दोलनको आवश्यकता रहेको भन्दै मात्रिका यादवले आउदो २ र ३ पुषमा जनकपुरमा त्यसको अवधाणा वारे भेलाको आयोजना गर्दै छन । भेलाले स्वायत मधेश प्रदेशको अवधारणा तयार पार्नुको साथै आन्द्योलनलाई कसरी अगाडी वढाउने वारेमा विस्तृत छलफल गरिने तयारी गरिएको छ । उक्त भेलाले मधेश प्रदेशका आन्दोलनको खाका तयार पारेपछि जनजाती अगुवा पदमरत्न तुलाधर संग मोर्चाको घोषणा गरिने कार्यक्रम छ । भेलामा मात्रिका यादव संगै गोपाल ठाकुर, भरत साह, धनश्याम यादव लगायतका व्यक्तिहरुको विशेष सहभागीता रहने छ । 
 
मात्रिका भन्छन, आन्दोलन विना स्वायत्त मधेश प्रदेश आउने सम्भावना हामी देख्दैनौ । यादवका अनुसार मधेश आन्दोलन विदेशीहरु दबाब र कम्युनिष्टहरुको अन्धराष्टवादका कारण कमजोर भएर आजको स्थितीमा आईसकेको छ । यादव भन्छन, यसलाई नया शिरावाट उचाईमा लग्नुको विकल्प छैन ।

मात्रिका यादवलाई पहिलो मधेश आन्दोलनको पृष्टभुमि तयार पार्ने प्रमुख नेताको रुपमा पनि देखिन्छ । माओवादी जनयुद्धकालमा मधेशी राष्ट मुक्ति मोर्चाको जिम्मेवारी सम्महाले पछि माओवादी मधेशमा फैलिएको थियो । पछि उनी माओवादी छाडे पछि माओवादी मधेशमा वडारिएको मानिन्छ । यादवको व्यक्तित्वको ठुलो प्रभाव अहिले पनि मधेशमा देखिन्छ । 
यादवलाई मधेश केन्द्रित पार्टी खोल्नका लागी मधेशी वृतमा ठुलो दबाब देखिन्छ तर उनी अहिले सम्म त्यसका लागी ठोस केही बताएका छैन । यद्यपी पछिल्लो केही समय यता मधेश वृतमा उनी अत्यद्यिक सक्रिय देखिन्छ ।
 
यादवका अनुसार जनकपुर भेलावाट मधेश प्रदेशको खाका र त्यसका लागी आवश्यक आन्दोलनको अवद्यारणा तयार भईसके पछि वृहत मधेशी मोर्चाको समेत निर्माण गरिने छ । 


-Dalannepal.com

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्