फेसबुकमा ‘डिसलाइक’ गर्न पाइने
Advertise Here Book Now
मौन बस्दा स्विकृति लक्षणम् भनेझैँ मन पराएकै अर्थमा बुझिएला कि भन्ने पिर । अझ कहिलेकाहीँ आफ्नो फेसबुकले साथीले निकै दुःखलाग्दो कुरा पोष्ट गरेको हुन्छ ।
मृत्यु, दुर्घटना जस्ता दुखलाग्दो विषयमा साथीले गरेको पोष्टप्रति सहानुभुति जनाउन लाइक गरेपनि त्यो असहज नै हुन्छ । किनकी त्यसले साथीको दुःखलाई आफुले उल्टै मन पराएको भन्ने भाव दिन्छ । त्यसैले त्यस्तो अवस्थामा फेसबुकमा राखिएका मन नपर्ने तथा दुखदायी कुराहरुप्रति संवेदना प्रकट गर्ने सही उपाय लाइक बटन हुन सक्दैन ।
तर, फेसबुकमा डिसलाइक गर्ने सुविधा नहुँदा कमेन्ट गर्न अल्छि लाग्ने वा आवश्यक नठान्ने मानिसले जस्तोसुकै पोष्टमा पनि लाइक थिचिहाल्न बाध्य हुन्छन् । अब भने यो बाध्यता हट्ने भएकेा छ । फेसबुकले अब ‘लाइक’ सँगै ‘डिसलाइक’ गर्न सकिने सुविधा प्रदान गर्ने भएको छ ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकमा डिसलाइक बटन थप्ने विषयमा सोँचविचार भैरहेको बताएका छन् । क्यालिफोर्नियास्थित फेसबुक मुख्यालयमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले फेसबुकमा डिसलाइक गर्न पाउने सुविधा प्रयोगकर्ताले सबैभन्दा बढि माग गरेको विषय भएको बताए ।
बीबीसीका अनुसार फेसबुक प्रयोगकर्ताहरुले आफ्नो संवेदनालाई अझै फराकिलो ढंगले सजिलै व्यक्त गर्न सकुन् भनेर आफुहरुले सोँचिरहेको जुकरवर्गले बताए ।
तर, डिसलाइकको व्यवस्था गर्दा प्रयोगकर्ताका पोष्टहरु तुच्छ नबन्ने कुराको ग्यारेन्टी गर्ने व्यवस्थाको खोजी गर्नुपर्ने उनको भनाइ छ ।
फेसबुकमा विभिन्न पोष्टहरुमा गरी प्रयोगकर्ताले दैनिक ४ अर्ब ५० करोड पटक लाइक गर्ने गरेको तथ्यांक छ ।
मन परेका कुरा मन पर्यो भनेर जनाउ दिने फेसबुकको लाइक बटन समेत विवादित भैरहेको बेला फेसबुकले डिसलाइक बटन थप्ने योजना बनाएको हो । फेसबुकको लाइक बटनलाई प्रयोगकर्ताको बारेमा जानकारी संकलन गर्ने माध्यमको रुपमा फेसबुकले उपयोग गरेको भनि आलोचना समेत हुने गरेको छ ।
साथै, कुनै प्रडक्ट वा साइटको फेसबुक पेजमा ठूलो संख्यामा नक्कली ‘लाइक’ हुने गरेको समेत पाइएको छ । आफ्नो प्रडक्ट वा ब्राण्ड धेरै लोकपि्रय रहेको कुरा देखाउन यस्तो नक्कली लाइकको प्रयोग गर्ने गरिएको खुलासा विभिन्न अध्ययनहरुले गरेका छन् ।
कतिपयले त छोटो समयमै धेरै लाइक प्राप्त गर्न सकिने ‘लाइक व्यापार’ समेत संचालन गर्ने गरेको पाइएको छ, जसमा स्वचालित रोबोट वा पेसेवर मानिस नै खटाएर नक्कली अकाउण्ट बनाउँदै लाइक गर्ने गरिन्छ । फेसबुकले यस्ता नक्कली लाइकको व्यापार गर्ने कम्पनी विरुद्ध कानूनी कारवाहीको प्रक्रिया समेत सुरु गरिसकेको छ ।
यता फेसबुकले डिसलाइक बटन राख्ने कुराप्रति विज्ञापनदाता तथा उत्पादक कम्पनीहरु चिन्तित छन् । आफ्नो कम्पनी वा उत्पादनको फेसबुक पेज वा सामाग्रीहरुमा नियतवस प्रतिस्पर्धीले ठूलो संख्यामा नक्कली डिसलाइक थुपारेर अलोकपि्रय सावित गर्नसक्ने खतरा रहेको उनीहरुको चिन्ता छ ।
Source:Onlinekhabar,BBC