सिरहासहितका १६ खाद्य तथा दाना उद्योगमाथि कारबाही
Advertise Here Book Now


विराटनगर, २९ मंसिर । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय
विराटनगरले न्यून गुणस्तर, दूषित खाद्य तथा मानव जीवनलाई असर पु¥याउने
११ वटा खाद्य उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
कार्यालयद्वारा यहाँ आयोजित आव ०७१÷७२ को प्रथम चौमासिक
समीक्षा गोष्ठीको अवसरमा उक्त जानकारी दिइएको हो । यसरी कारबाही
प्रक्रिया अगाडि बढाइएका खाद्य उद्योगमा मोरङको एक, सुनसरीको एक,
झापाका दुई र उदयपुर जिल्लाका सात वटा रहेका छन् ।
कारबाहीमा पर्ने खाद्य उत्पादनमा मिठाई एक, तोरीको तेल ६, प्रशोधित
सोयाबिन तेल दुई, प्रशोधित पिउने पानी एक र मसला उद्योग एक रहेका
छन् । कार्यालयले मोरङ, सुनसरी, झापा, सप्तरी, उदयपुर र सिरहा
जिल्लाबाट वनस्पति तेल, बीउ, खाद्यान्न दलहन, दूग्धपदार्थ, नुन, चिया,
चिनी, कन्फेक्सनरी, मसला, फल, पिउने पानी तथा पेयपदार्थका गरी २११
वटा खाद्य नमूना संकलन गरेको थियो ।
यस्तै कार्यालयले १० वटा दाना उद्योगबाट नमूना संकलन गरेकामा
एक प्रतिकूल देखिएको र चारवटामा माइकोटक्सिनको मात्र अत्यधिक
देखिएकाले ती पाँच उद्योगलाई आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि
बढाएको जनाएको छ । गोष्ठीमा कार्यालय प्रमुख प्रमोद कोइरालाले
उपभोक्तालाई गुणस्तरयुक्त स्वच्छ खाद्यपदार्थ प्रयोग गर्ने कार्यका लागि
कार्यालय कटिबद्ध रहेको जानकारी दिए । –रासस

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्