उपराष्ट्रपतिकी श्रीमतीलाई पनि साढे नौ लाख
Advertise Here Book Now

Parmananda-Jhaपुस ३ – सरकारले उपराष्ट्रपति परमानन्द झाकी श्रीमती नविनाको उपचारका लागि झन्डै साढे नौ लाख रुपैयाँ दिएको छ । परराष्ट्र मन्त्रालयले रकम भुक्तानी पनि गरिसकेको छ । मन्त्रिपरिषद्को गत ४ मंसिरमा बसेको बैठकले नविनालाई नौ लाख ३० हजार एक सय १३ रुपैयाँ दिने निर्णय गरेको हो । उपराष्ट्रपति झाको दबाबमा सरकारले निर्णय गरेको स्रोतको दाबी छ । उपराष्ट्रपति झाकी पत्नी नविनाको भारतको म्याक्स केयर अस्पतालमा उपचार भएको थियो । नेपाली दूतावासमार्फत सरकारले अस्पताललाई भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले आर्थिक सहयोग गर्दा अर्थ मन्त्रालयको समर्थन माग्नुपर्ने कानुनी व्यवस्था छ । तर, नविनालाई मन्त्रिपरिषद्ले ठाडो निर्णय गरेर रकम दिएको हो ।नयाँ पत्रिका दैनिकमा खबर छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्