काठमाडौंबाट नुवाकोट घुमाउन लगेर प्रेमीले गरे प्रेमीकाको हत्या
Advertise Here Book Now

मंसिर-२४, काठमाडौं ।
काठमाडौंबाट नुवाकोट घुमाउन लगेर एक युवाले प्रेमिकाको हत्या गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक युवतीलार्इ उनका प्रेमीले नुवाकोटमा मंगलबार हत्या गरेका हुन् ।

नुवाकोटको गणेस्थान गाविस–४ का २५ वर्षीय अजय ढकालले उनकी प्रेमिका गोरखाको थालाचुङ गाविस–९ घर भएकी राष्ट्रिय अनुसन्धानकी सहायक सूचक २३ वर्षीया रिता गुरुङको मंगलवार साँझ नुवाकोटको सुनखानी गाविस–७ स्थित बनलमा हत्या प्रहरीले जनाएको छ ।


प्रहरीले मृतकको मुखबाट रगत बगेर शव सलले बाँधेको अवस्थामा छहरे–टोखा सडकखण्ड नजिकै नुवाकोटको चाँपे वनमा फेला पारेको हो । गाउँलेको सहयोगमा पक्राउ गरिएका ढकालसँगै उनले प्रयोग गरेको बा६४प २२३ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

प्रेमसम्बन्धमा रहेका दुबैजना मंगलबार नुवाकोट घुम्न गएको खुलेको छ । काठमाडौंबाट मोटरसाईकलमा टोखा–छहरे सडकबाट उनीहरु घुम्न नुवाकोट पुगेको प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको हो ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्