स्याउ बोकेको कन्टेनरमा २३ किलो सुन
Advertise Here Book Now

container truck१ पुस, काठमाडौं ।
प्रहरीले भक्तपुरको जगातीमा अबैध रुपमा काठमाडौं भित्राउन लागेको ठुलो परिणामको सुन बरामद गरेको छ । महानगरीय प्रहरी बृत्त जगातिले सिन्धुपाल्चोकवाट काठमाडौं आउदै गरेको ना .२. ख ५०५८ नम्बरको कन्टेनर भ्यानवाट २३ किलो अबैध सुन बरामद गरेको हो ।
स्याउ बोकेको कन्टेनर भ्यानमा लुकाइ राखिएको अवस्थामा जेकजाँचका क्रममा सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान करिब तीन बजेतिर प्रहरीले सो परिणामको सुन बरामद गरेको हो । बरामद भएको सुन करिव दश करोड मूल्य बरावरको रहेको छ ।
प्रहरीले सुन तस्करीको आशंकामा कन्टेनर चालक सिन्धुपाल्चोक तातोपानी–९ का वर्ष ३० का बुद्धिबहादुर श्रेष्ठ र सहचालक ३२ वर्षिय राजबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएको सुन प्रहरीले आन्तरिक राजस्व विभागलाई बुझाउने तयारी गरेको छ ।
सुन चीनको खासावाट अबैध रुपमा नेपाल भित्राइएको अनुमान गरिएको छ । केही समययता तातोपानी भन्सार छलेर ठुलो परिणामको सुन नेपाल हुँदै भारतसम्म्म तस्करी हुने गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्