अर्काको श्रीमती भगाएको रिसमा हत्या
Advertise Here Book Now

Jogin-Hatya-Sirahaसिरहा, मंसिर २८ । लहानका एक युवकको अपहरण भएको घटना सेलाउन नपाउँदै अर्का युवकको विभत्स हत्या भएको छ । लहान नगरपालिका ५ का जोगिन सहनीको हत्या भएको हो ।सुकुम्बासी जोगिन माछा मारेर जीवन धान्थे । माछा मार्नकै बहानामा घरबाटै फकाएर दुई युवकले उनलाई मंसिर १६ गते लगेका थिए ।मंसिर २३ मा उनको शव लहानस्थित बलान नदीमा गाडेको अवस्थामा फेला पर्‍यो । घाँस काट्ने महिलाहरु बलान नदी भएर जाँदा उनको शव देखेका थिए । उनीहरुले नै प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरी गएर विभत्स हत्या गरेको शव निकालेर अस्पताल पुर्याएको थियो । प्रहरीका अनुसार हत्या गरेर मुख र शरीरको अन्य भागमा तेजाब छर्केर नचिने जस्तै बनाई दिएको थियो ।जोगिनलाई मंसिर १६ गते घरबाट फकाएर दुई युवक लगेपछि साँझमा घर फर्केनन् । फर्केर आउला भनेर दुई दिनसम्म उनकी श्रीमतीले केही गरिनन् । तीन दिनपछि प्रहरीमा उनकी श्रीमती पवनदेवी सहनीले श्रीमानको अपहरण भयो भनेर लिखित जानकारी गराएकी थिइन् इलाका प्रहरी कार्यालय लहानमा ।जोगिनकी श्रीमती पवनदेवी भन्छिन्, ‘घरबाट लगेको तीन दिनमै म प्रहरीमा उजुरी गरेको थिएँ । तर प्रहरीले गम्भीर भएर खोज्न चासो नदेखाउँदा श्रीमान गुमाउनु परेको छ ।’
‘फोन गरी घरबाट लैजाने भारत विहार हुद्राका शक्ति सहनी हुन् र उनले नै हत्या गरेको हो ।’ उनले दाबी गरिन् ।हत्या गरिएका जोगिनको तीन महिने एक छोरा छन् । श्रीमान गुमाउनु पर्दाको पीडामा डुबेकी पवनदेवीले भनिन्, ‘श्रीमान हुँदा कमाएपछि जसोतसो गुजारा गर्थै । अब छोरा पाल्न पनि गाहे हुन्छ । पढाउने कुरा त परै जाओस् ।’एक मात्र जीवनको साहारा श्रीमानको हत्या भएपछि पवनदेवीको आँखामा आशु सुकेका छैन् । जो कोही जाँदा पीडाले चिच्याउन थाल्छिन् । हत्या भएदेखि उनले पेटभरी खाना समेत नखाएको स्थानीय बताउँछन् ।हत्या भएको तीन दिन वितिसक्दा पनि प्रहरीले अपराधी पक्राउ गरेको छैन् । इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुयाँलले घटना विषयमा अनुसन्धान भइरहेको बताए ।उनले भने, ‘जोगिन हत्याको विषयमा अनुसन्धान जारी छ । केही व्यक्तिलाई निगरानीमा राखेका छौं । पक्राउ परेपछि रहस्यहरु खुल्छ ।’
कसले गर्‍यो हत्या ?
हत्या गरिएका जोगिनले गत मंसिरमा पवनदेवीसँग प्रेम विवाह गरेका थिए । पवनदेवीको यो दोस्रो विवाह हो । यसअघि पवनदेवीको विवाह भारत विहार राज्यको हुद्रा भन्ने कमलपुरमा भएको थियो । त्यहाँ आफ्न्तहरु रहेकोले जोगिन आउने जाने गर्थे । जसले गर्दा पवनदेवीसँग प्रेम बस्यो । केहि दिनमै उनीसँग भागेर प्रेम विवाह गरे । विवाहपछि भारत विहार राज्यको कमलपुरको पहिलो श्रीमान् मजेलाल सहनी मारिदिने धम्की दिदै आएको थिए ।विवाहको विवादले इलाका प्रहरी कार्यालय लहानमै दुईपटक छलफल भयो । उक्त छलफलमा पहिलो श्रीमान मजेलालले छाड्ने निर्णय गरेपछि जोगिनसँग बस्न थालिन् । त्यसपछि उनले एक बर्षभित्रै जोगिनको हत्या गर्ने धम्की दिएका थिए । सोही अनुरुप मजेलालका काकाका छोरा शक्ति सहनीले लहान आई फोन गरेर मंसिर १६ गते जोगिनलाई बोलाए । बेपत्ता पारे । बेपत्ता पारेको आठ दिनपछि जोगिनको हत्या गरिएको अवस्थामा लहानस्थित बलान नदीमा शव फेला परेको हो । (हत्या गरिएका जोगिनकी श्रीमती पवनदेवीसँगको कुराकानीमा आधारित) 
pabandebi-jogin-wife

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्