मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)
Advertise Here Book Now


राम नारयण पंडित, सिरहा, २८ मंसिर ।

सिरहाको मिर्चैयामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयेजनामा आइतबार रक्तदान  कार्यक्रम सम्पन्न भएको छ । सिरहाको मिर्चैया लगायत बिभिन्न स्थानहरुमा रगतको अभाबले रोगीहरुको जान गमाउनु परिरहेको कुरालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो धड्कन मिर्चैयाका स्टेशन म्यानेजर अंजय कुमार साहले जानकारी दिए । रेडियो धड्कनबाट अहिले सम्म सयजना भन्दा बढी बिरामीहरुलाई रगतको आबश्यत्ता भएको बेला रगत उपलब्ध गरिदिनको लागी सिफारिस गरि पठाईएको स्टेश्न म्यानेजर साहले बताए । नेपाल रेडक्रस सोसाइटी सिरहा शाखामा रोगीहरुको लागी चाहिने रगतको अभाव भएकोले जिल्लामा सक्रिय रहेको बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेब यादबले बताए । यसअघि देखि गाबिसमा रहेको मिर्चैया अब नगरपालिका भएकोले समाजिक कामहरुमा आफ्नो भुमिका निर्वाह गर्न नगरपालिका सदैब तयार रहने मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेब यादबले जानकारी दिए । आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नैहरुमा अंजय कुमार साह, एस.पी. गौरब, इन्द्र देब यादब, रामेश्वर ठाकुर, दिनेश साह, जितेन्द्र ठाकुर, चन्द्रंलाल पासमान, जितेन्द्र शर्मा, मनोज कुमार मंडल, गंगा प्रसाद ढुंगाना, सुबि यादब, धर्मेन्द्र चौधरी, शिबनन्दन मंडल, शंकर सिंह बिष्ट, ध्रुब प्रसाद फुयाल, राजु यादब, ज्ञान कुमार सिंह, अरुण कुमार साह, शुशिला साह, रामरती साह, कमलेश यादब, प्रमोद कुमार गोहिबार, प्रमोद यादब, जितेन्द्र कुमार साह, नर बहादुर, बिनोद कुमार साह, मुकेश यादब, आश्रम यादब, शान्ति साह, अनिल कुमार झा, दामोदर प्रसाद साह, सतिश चन्द्र सिंह, जितेन्द्र कुमार महतो, सुधिर साह, बद्रि यादब, धनेश्वर  यादब, संतोषी साह, राजदेब कापर, राजप्रभा चौधरी, संजय साह र संजिप कुमार पासमान रहेका छन । रक्त दान कार्यक्रममा रेडियोका कर्मचारीहरुले पनि रक्तदान गरेका थिए ।  रक्तदान कार्यक्रममा मिर्चैया नगरपालिकाका कार्यकारी प्रमुख ईन्द्र देब यादब, रेडियो धड्कन मिर्चैयाका स्टेशन म्यानेजर अंजय साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडा, अस्थाई ट्राफिक प्रहरी पोष्टका प्रहरी नायब निरिक्षक अर्जुन प्रसाद सोडारी, सशस्त्र प्रहरी बल मिर्चैयाका प्रहरी निरिक्षक उपेन्द्र मंडल, र नेपाल रेडक्रस सोसाईटी सिरहाका सभापति राजदेब यादब लगायत स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । रेडियो धड्कनले रगत अभाबको मध्यनजर गर्दै बिगत बर्षमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त रक्त दान कार्यक्रममा पनि ४४ जनाले रक्तदान गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्