पेशावर हमलामा भारत जिम्मेवारः परवेज मुर्सरफ
Advertise Here Book Now

Pervaiz-Musharrafइस्लामावाद– पाकिस्तानी मन्त्रीहरुले पेशावर हमलामा भारतले फैलाएका सहयोगी हातहरुको प्रशंसा गरिरहेका बेला पाकिस्तानका पूर्व राष्ट्रपती परवेज मुर्सरफले भने १३३ विद्यार्थीसहित १५१ को आमसंहार हुनुको पछाडि भारत जिम्मेवार रहेको बताएका छन् । ‘तपाईंलाई थाहा छ को हुन् मौलाना फाजलुला ? उनी तेहरिक–इ–तालिवानका पाकिस्तान कमान्डर हुन् । उनी अहिले अफगानिस्तानमा छन् । म यसमा विश्वस्त छु कि पकिस्तानको हमलाका लागि उनलाई पूर्व कारजाई सरकार र ‘रअ’ले सहयोग गरिरहेको छ,’ मुर्सरफले सिएनएन–आइबीएनले एक अन्तर्वातामा बताए । पाकिस्तानी पूर्व राष्ट्रपतीले घटनाका सबै दोषीलाई भारतले नै प्रशिक्षण दिइरहेको ठोकुवा गर्दै पाकिस्तानमा हमलाका लागि तालिवानका कमान्डरलाई अफगानिस्तान र भारतले संरक्षण दिइरहेको बताए । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्