न्यायधिशहरुले आचारसंहिताको पालना गरे जनताको विश्वास बढ्ने ः प्रधान न्यायाधिश
Advertise Here Book Now

जलेश्वर,मंसिर २३ गते । न्यायाधिशहरुले आचार संहिताको पालना गरे जनताको विश्वास अदालत र न्याय प्रणालीमाथी बढ्ने विश्वास प्रधान न्यायाधिश रामकुमार प्रसाद शाहले व्यक्त गर्नु भएको छ । साथै सवै तहका न्यायालयमा कम्प्युटराईज्ड प्रणाली लागु गरि जनताको काम छिटो र सुलभ पारिने पनि बताउनु भयो । प्रधान न्यायाधिशको पैत्रिक घर महोत्तरीको मटिहानी गाविसमा आयोजिते नागरिक अभिनन्दन र स्वागत समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रधान न्यायाधिश शाहले बाल्यकालमा आफु यहि मटिहानीको चौक र गल्लीहरुमा घुम्ने गरेको र गाउका साथीहरुसंग रमाईलो गर्र्ने गरेको सम्झना अझै उहाको मानसपलटमा रहिरहेको बताउनु भएको छ । २०३३ सालमा न्यायसेवामा प्रवेश गरेर २०६२ मा सर्वोच्च अदालतमा नियुक्ती पाएको समेत उहाले बताउनु भएको छ । समारोह समितिका अध्यक्ष विजय कुमार साह द्वारा सम्मान पत्र सहित पच्चिस किलोको फुलको मालाले अभिनन्दन गरेका थिए । त्यसतै मटिहानीका नागरिक समाज तथा अतिथिहरुले प्रधानन्यायाधिशको अभिनन्दन गर्न पाउदा हर्षित भएका थिए । राजकिय सँस्कृत मा.वि.का प्रधान अध्यापक एवं नेपाल पत्रकार महासंघका अध्यक्ष ईश्वरी पौडेल , राजनिति कर्मी तथा विशिष्ट व्यक्तीत्वहरुले सम्मान सहित अभिनन्दन गरि उहाको कार्यकालको उत्तरोत्तर प्रगतीको कामना समेत गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्