मोदी बनेपछि मनोज गजुरेल भारतमा पनि हिट (भिडियो सहित)
Advertise Here Book Now
नेपाली हास्य ब्यङ्ग क्षेत्रका चर्चित कलाकार मनोज गजुरले नेपालमा मात्र नभएर भारतीय मिडियामा पनि चर्चामा छन् । उनले भारतीय प्रधानमन्त्री मोदीको नक्कल गरेपछि भारतीय मिडियामा उनी हेडलाइन बनेका हुन् ।
भारतका चर्चित पत्रिका देखि अनलाइन संस्करणहरुले मोदीको नक्कल गरेर चर्चित भएको भन्दै मनोज गजुरेलको समाचार हेडलाइन बनाएका छन् ।
भारतको चर्चित पत्रिका अमर उजाला, हिन्दुस्तान टाइम्स लगायतले पनि मोदीको नक्कल गरेर हिट भएका गजुरेलको तस्विर सहित समाचार प्रकाशित गरेका छन् ।
अमर उजालाले मोदी विदेश यात्रामा जाँदा चर्चित भए जस्तो मनोज पनि मोदीकै अभिनय गरेर चर्चित भएको लेखेको छ । मोदीले नेपाली अनुहारमा खुसी ल्याइदिएको दावी गर्दै मनोजले पनि नेपाली अनुहारमा हाँसो ल्याउन सकेको दावी समेत अमर उजालाले गरेको छ ।
अमर उजाला लेख्छ ‘ एकातिर मोदीले विदेश यात्राका क्रममा चर्चा पाइरहकेा छन्, अर्का तर्फ नेपालका मनोज गजुरेल मोदीको नक्कल गरेर वाहवाही लुटिरहेका छन् । नेपाली नेताको नक्कल गरेर करिअर सफल बनाएका मनोजले पछिल्लो समय मोदीलाई नक्कल गरेर सफलता पाइरहेका छन् ।’
त्यसैगरी हिन्दुस्तान टाइम्सले पनि नेपाली कमेडियन मनोज गजुरलले मोदीको अभिनय गरेर देशभित्र र देश बाहिर समेत चर्चा कमाएको भन्दै समाचार लेखेको छ । मोदीले २ पटक नेपाल भ्रमण गर्दा दिएका भाषणको नक्कल गरेर मनोजले वाही वाही पाइरहेको भनेको छ ।
नेपाली टाम्सले लण्डनमा मोदीको कार्यक्रमबारे समाचार प्रकाशित गरेपछि यसको प्रभाव भारतीय मिडियामा पनि देखिएको हो ।
भिडियो हेर्नुस्
हिन्दुस्तान टाइम्सले मोदीकै नक्कल गरिएका कारण नेपाली टेलिभिजनको सिरियल तितो सत्यको एपिसोड रोकिएको कुरालाई समेत समाचार बनाएको छ । त्यसै गरी एबीपी न्यूजले पनि तितो सत्य रोकिएको विषयमा समाचार प्रकाशित गरेको छ ।