लहान जेसिजलाई फर्केर हेर्दा.
Advertise Here Book Now
लेखक ठकुरी( जेसिज सन् २००८ का कार्यकारणी उपाध्यक्ष )– भनिन्छ युवाहरुको त्यो जमात जहाँ सफल उधमशील ब्यबसायी, जागरुक बिबेकशील सक्षम विचारभएका युवा शक्तिलाई विभिन्न अवसरको दिशानिर्देश तर्फ लाग्न विभिन्न खाले तालिम प्रदान गर्ने केन्द्रहो जेसिज । अनी मनुष्य स्वतन्त्रताको
विधि रचने थलो पनि हो जेसीज ।यसैले यसको आस्थामा बिश्वास गरीएक प्रणका साथ शासन व्यक्तिको होइन
विधिको हुनुपर्दछ । मनुस्यको बन्धुत्व भावना राष्ट्रहरुको प्रभुसत्तादेखि सर्वोपरी छ । अनी मानवताको सेवाजीवनको सर्वोत्तम कार्य हो । यी र यस्तै महान उद्देश्य र यस्तै इश्वरीय वाणीहरुलाई आत्मसात गर्न सकोस् भन्ने परिकल्पना बोकि सन् २००२ मा यो लहान सिटी जेसीजको स्थापना भयो । नेपाल जेसीजको २९ औ राष्ट्रिय महाधिवेशनले आफ्नो शाखाको रुपमा सम्बन्धन प्रदान गर्यो । स्थानीय युवा वर्गमा सामाजिक,आर्थिक, नैतिक तथा बौद्धिक बिकासका लागि समर्पित हुने भावना तथा दक्षताको वृद्धि, समाज सेवाप्रतिको संग्लाग्नाता, स्थानीय नेतृत्व, मनुष्य बीचको समझदारी र सहयोगको भावना आभिवृद्धि, सकारात्मक परिवर्तन गराउनु र भातृत्व बढाउन सदैव कतिवद्ध गराउने यो जेसीजको नीति हो ।दलगत राजनैतिक क्रियाकलापबाट तटस्थ रहेर धार्मिक र साम्प्रदायिक क्रियाकलापबाट आफ्नो संलग्नता अलग राख्नु जेसीजको तटस्थता हो । लहान सिटी जेसीजको स्थापनाकालको शिशु अवस्थादेखि आजसम्म आइपुग्दा सफल नेतृत्व ग्रहण गर्दै विधिको सुशासनरुप नेतृत्व हस्तान्तरणको क्रमिकतामा सन् २०१४ सम्ममा १२ औँ नेतृत्वहरुले स– सम्मानका साथ लहान सिटी जेसीजको अध्यक्षीय चयनको भार ग्रहण गरीरहेको यो समाजका बौद्धिक वर्ग र जेसीजका निष्पक्ष अनि पवित्र हृदय भएका सदस्य जेसी मित्रहरुले स्विकारित्व गरी आफ्ना दिब्यचच्छुले दृश्याबलोकन गरीरहेको छ ।सफल नेतृत्ववान युवाले मात्र शाखाको नेतृत्वको जिम्मा पाउछन् रकार्य अबधिको एक बर्ष पश्चात सक्षम नेतृत्वको निर्माण गरी विधिको शासनुरूप पदभार हस्तान्तरण गर्दछन्। बिधानत यो नै जेसीजको उत्कृष्ट उदाहरण र विधिको शासन प्रणाली पहिचानको अनुपम नमुना पनि हो ।तर बिडम्वना विगतदेखिवर्तमानसम्म आइपुग्दा जेसीज प्रतिको आस्था र जेसीजको तटस्थता माथी प्रश्न चिन्ह (?) खडा गराउन सफल भएका छन् हाम्रा जेसीजको नाममा गर्व गर्ने लहान सिटीका जेसी मित्रहरु। अनी पवित्र उद्देश्य बोकेका संस्थामाथी सार्वजनिक स्थलमा निर्वस्त्र ढंगले बलात्कार गर्ने प्रयास गर्दैछन्हा म्रा जेसी भनी शान्तिका प्रतिक संगै व्ऋक्ष् अंकित बिल्ला भिरी जेसीजको नाममा राजनीतिक गर्ने जिम्मेवार लहान सिटीका जेसी मित्रहरु के यो जेसीजको अनि लहान सिटी जेसिजका लागि सकारात्मक पक्ष हो ? जेसीजको नाममा भइरहेको यो चरित्रहिन ताण्डब नृत्यले भोलिका दिनमा भावी जेसी युवा पुस्तालाई सहि मार्ग र सहि दिशाबोद गराउला ? अनि बौद्धिक वर्ग र नागरीक समाजका माझमा जेसिजले आफ्नो उचाई पाउला ? निश्चय पनि यी र यस्ता क्रियाकलाप, प्रवृति प्रती सबै जेसी मित्रहरु संबेदनशील हुनै पर्दछ ।यदि होइन भने बिगतका दिनहरुमा लहान सिटी जेसिजका लागि बनेका सबै अध्यक्षीय नेतृत्वहरु असक्षम रहेको आफैमा प्रमाणित हुनेछ । लहान सिटी जेसीजका जिम्मेबार पुर्व अध्यक्ष भनाउदाहरुले जेसीजको आस्था र मर्मलाई जोगाउन निष्पक्ष र तटस्थ भइ एक आपसमा हातेमालो गरी समयमै आ–आफ्नो विवेक प्रयोग गर्न जरुरी छ । आजैबाट विधिको शासनलाई जेसीजको उद्देश्य अनुरुप दिशानिर्देश गर्न वर्तमानमा भइरहेको सबै खाले ताण्डब नृत्यलाई रोक्न जरुरी छ । अन्यथा जेसीजको आस्था र उद्देश्यमाथी कुठारघात हुनेछ। जेसीज जेसीजको रुपमा नभई जसले जे गरेपनी हुन्छ भन्ने गलत प्रवृतिको हाबी हुनेछ । भावी पुस्ता जेसी युवा नेतृत्वले विगत नेतृत्वलाई असक्षम नेतृत्वको रुपमा प्रमाणित गर्नेछन् र लहान सिटी जेसीजको कालो दिनको रुपमा स्मरण गर्नेछन । समयमै सबै जेसीजका जेसी भनाउदाहरुलाई चेतना भया....
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्