पाकिस्तानमा ३ दिन राष्ट्रिय शोक घोषणा
Advertise Here Book Now
बिबिसी – तालिबानी बन्दुकधारीको आक्रमणमा १४० जनाको मृत्यु भएपछि पाकिस्तानमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । पेशावर शहरको एक सैनिक स्कुलमा तालिबानी आक्रमणमा १३२ बालबालिका र अन्य ९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री नवाज सरिफले राष्ट्रिय शोकको घोषण गरेका हुन् । ज्यान गुमाउने कतिपयको अन्तिम संस्कार पनि गरिएको छ । मंगलबार भएको घटनाको विश्वभरिबाट निन्दा भएको छ । बालबालिकाका आफन्तले घटनाप्रति आश्चर्य जनाएका छन् । नोबेल शान्ति पुरस्कार विजेता किशोरी मलाला युसुफजाइले घटनाले आफुलाई गहिरो चोट लागेको बताएकी छन् । “म र मेरो परिवारलाई यो आक्रमणबारे सुनेर गहिरो चोट लागेको छ, म अन्तर्राष्ट्रिय समुदायसँग आतंकवाद बिरुद्ध लड्न एक जुट हुन आह्वान गर्दछु ' उनले भनेकी छन् ूहामीले हरेक बालकले सुरक्षित रुपमा शिक्षा पाउने वातावरण सुनिश्चित गर्नु पर्दछ ।' पाकिस्तानी सेनाले मंगलबारको आक्रमण आत्माघाती विस्फोट भएको बताएको छ । तालिबानले यो सेनाले आफुहरु विरुद्ध गरेको कारबाहीको जवाफ भएको बताएको छ ।