सप्तरीमा तीन बालबालिकाको शव फेला
Advertise Here Book Now


राजविराज, १९ पौष । सप्तरीको वैरवा गाविस वडा नं. ३ स्थित कोशी तटवन्ध स्पर नं. ४ सय २० नजिक रहेको डबरामा दुई बालक र एक बालिकाको शव शनिवार भेटिएको छ ।
उक्त बच्चाहरुमा दुई छोरामध्ये एउटा ६ वर्षको र एउटा ६ महिनाको तथा छोरी ३ वर्षको भएको अनुमान गरिएको छ । उनीहरुको सनाखत हुन नसकेको स्थानियले बताएका छन् ।
घटनास्थलमा एक जोड चप्पल, पुरानो साडी, दुई थान विषादीको डब्बा भेटिएको छ । घटना स्थलको जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक केदार ढकालको नेतृत्वमा पुगेको टोलीले निरिक्षण गरी अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक दानसिंह वोहराले जानकारी दिएका छन् । शवहरुलाई पोष्टपार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराज ल्याइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्