माघ ८ मा यस्तो देखियो संविधानसभा वरपर (फोटो फिचर)
Advertise Here Book Now

Image Titleकाठमाडौँ, ८ माघ, जातीय पहिचान र संघीयताको माग गर्दै आज पनि एकीकृत नेकपा माओवादी तथा आदिवासी जनजाति संयुक्त संघर्ष समितिले बबरमहलमा प्रदर्शन गरेका छन् । आज अर्थात माघ ८ मै सहमतिबाट संविधान जारी गर्नु पर्ने माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले संविधानसभा भवन वरपर निषेधित क्षेत्र घोषणा गरी रोकेको छ । यद्यपि प्रदर्शनकारीहरु निषेधित क्षेत्र बाहिरै जातीय पहिचान सहितका साङ्गीतिक कार्यक्रम सहित सहभागि भएका छन् । 

प्रहरीले सुरक्षाको कारण देखाउँदै विहानैदेखि संविधानसभा भवनदेखि बबरमहल तर्फको सडक बन्द गरेको कारण सयौँ पर्यटकहरु पैदलै होटल तथा एयरपोर्टतर्फ गएका देखिन्थे । प्राय जसो अत्यन्त व्यस्त देखिने संविधानसभाको पश्चिम गेट आसपासको क्षेत्र भने यतिबेला सुनसान जस्तै देखिएको छ । दलहरुले १ वर्ष अघि नै संविधान घोषणा गर्ने समय सीमा आजकै दिन तोकेको भए पनि जनतामा भने कुनै उत्सुकता पाइएन । यसैबीच हाम्रा संवाददाताले संविधानसभा भवनबाट भरखरै दिएको जानकारी अनुसार दलहरुबीचमा शासकिय स्वरुप, संघीयतालगायतका विषयमा सहमतिको प्रयास भए पनि संविधान भने नआउने निश्चित छ ।



SOURCE:आजको खबर

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्