आज माघे संक्रन्ति घरघरमा मनाइयो
Advertise Here Book Now

10306238_901446826546427_5318103706781943433_nश्रीकान्त झ-सिरहा,माघ १ ।
हिन्दु परम्परा अनुसार मथिलाञ्चल भरीे मनाईने माघे संक्रान्ति र्पव पर्तेक वर्ष झै यस वर्ष पनि आज उत्साहको साथ मनाईदै छ ।
आज विहानै परिवारका सवै परिवारका व्यक्तिहरु नुहाई आफनो कुल देउतालाई तिल र सखर , चामल मिलाई वनाईएको प्रसाद , घिउ , आदि जस्ता सामग्री मिलाई वनाईएका खिचिरी जस्ता परिकारहरु चढाईने कार्यक्रम घरघरमा जारी रहेका छन् । माघे संक्रान्तिका दिन खिचडी खानुपर्ने समेत धामिर्क मुल्य मान्यता रहेको छ। देउतालाई चढाईएको तिल , सखर मिलाई चढाईएको प्रसादलाई आफनो सन्तानहरुलाई खान परिवारका जेष्ट व्यक्तिहरुको हातवाट दिने गरीन्छ । यता मिथिलाञ्चल भरी घरघरमा पुसमा पाकिय , माघमा खाकिय अनुसार वुधवार साझ देखि तिल , चिउरा , मुरहीको लाई वनाउनमा मिथिलानी महिलाहरु व्यस्त देखिएको देखिएका थिए । पोखरी , तलाउ , नदिमा गई विहानै देखि वालवालीका ,महिला पुरुषहरुको नुहाउनमा व्यस्त देखिएको । आज उक्त परिकार खाने चलन रहेको छ । यो मिथिलाञ्चलमा महत्व पूण परिकारको रुपमा रहेकोले यसलाई ग्रहयताका साथ मनाईदै छ ।
हिंदू धर्ममा महिनालाइ २ भागमा बाडेको छ, कृष्ण्ँपÔ र शुक्लपक्ष, यसैगरि वर्क्षलाइ पनि २ भागमा बाडिएको छ पहिलो उत्तरायण्ँ र दोस्रो दÔिण्ाँयन । त्यो दुबैलाइ मिलाएर एक वर् हुन्छ, माघे सक्रान्ति अर्थात् मकर सक्रान्तिको दिनमा सुर्ये पृथिवीको परिक्रमा गर्दा दिशा बदल्दै थोरै उत्तरको तर्फ ढल्किन्छ येसैले यो कालखण्ड लाइ उत्तरायण्ँ भानिन्छ।
सूर्यमा आधारित हिंदू धर्ममा मकर संक्रांतिको निकै महत्व मानिन्छ । वेद र पुराण्ँमा पनि यो दिनको उल्लेख गरिएको पाइन्छ । होली, दीपावली, दुर्गोत्सव, शिवरात्रि र अन्य कतिपय चाडपर्ब हुन् जो बिशेश कथामा आधारित हुन्छन त्येही संक्रांति पनि खगोलीय घटनामा र हिन्दु धर्म ग्रन्थमा आधारित छ ।
यो बेला सुर्य धनु राशीदेखि मकर राशीमा प्रवेश गर्नुलाइ नै उत्तराण्ँ मानिन्छ । यो राशि परिवर्तनको समयलाइ नै मकर सक्रान्ति अर्थात् माघी सक्रान्ति भनिन्छ यो यस्तो चाड हो जो हिदुहरुले धुमधामले मान्छन, चाहे यसको नाम र मान्ने प्रक्रिया फरक फरक किन नहोस? भारत तथा नेपालमा सम्पूण हिन्दुहरुले धुम धामले मनाउछन भारतको दÔिण्ँको केरलामा पनि येसको मान्ने तरिका फरक भए पनि धुमधामले मनाउछन कतिले नदिमा र खोलामा गएर एक छाक नखाई पुजा आजा गर्छन, कोइ तिल गुडको परिकार बनाइ आफन्तमा दिने खाने गर्छन भने भारतको गुजरातमा निकै रमाइलो गरेर यो दिन सारा परिवार छतमा सामुहिक भोजन गर्छन पतंग (चंगा) उडाएर तिल गुडको लड्डु खाने चलन छ भने सिंधि समाजमा छोरी चेलीको तिहार मनिन्छ, कन्या हरुलाई दान दिने चलन छ र तिलको लड्डु खुवाउने चलन छ भने कायस्थमा बिहानै पानिमा तिल राखेर स्नान र तिलको आगोमा जिउ हात सेक्ने चलन छन् भने पन्जाबीहरुले पनि धुम धामले बिहानै छोरी चेलीलाइ टिका लगाएर दिई उनिहरुबाट आशिश लिने चलन छ यिनीहरु तिलको तेल अनि दाउरा बालेर ठुलो धुनि बाल्ने र त्यलाई परिक्रमा गर्ने चलन छ ।
नेपालमा पनि फरक फरक समुदाए मा फरक किसिमको चलन छ, खास त नेपाल तराइका बसोबास गर्ने थारुहरुले एस्लाई मुख्य चाडको रुप मा ३ दिन सम्म धुम धामले मनाउने गरेको भए पनि, माछा मासु खाने चलन भने पछि आएर सोख र खान पान मा जोडिएको पाइन्छ अन्त्येथा यो चाडमा माछा मासुको बन्देज छ, तरुल, गिठ्ठा, फर्सी पकाएर छर छिमेकीलाइ दिने छोरी चेली लाइ बोलाउने खुवाउने खाने गरिन्छ, नेपालमा कतिपय समुदाएले यो चाड लाइ गलत तरिकाले माछा मासु र रक्सि आदिको प्रयोग गर्ने गरेको पाइन्छ जो यो दिनमा खाइदैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्