रेजा टुडे दैनिक पत्रिकाका सम्पादकमा पत्रकार सिंह पत्रिकाको सम्पादकमा नियुक्त
Advertise Here Book Now

 श्रीकान्त झा । सिरहा । पौष २०
जनकपुर वाट सञ्चालित रेजा टुडे दैनिक पत्रिकाका अतिथि सम्पादक राजन कुमार सिंह पत्रिकाको सम्पादकमा नियुक्त भएका छन । पत्रिकाका व्यवस्थापन समितिको आईतवार सांझ बसेको बैठकले सिंहलाई पत्रिकाको सम्पादकमा नियुतm गर्ने निर्णय गरेको छ । सिंह यस अघि पत्रिकाको अतिथि सम्पादक भएर काम गर्दै आएका थिए । बिगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल सिंह यस अघि जनकपुरबाट प्रकाशित हुने लोकप्रिय पत्रिका रिपोर्टर टाईम्स राष्ट्रिय दैनिक पत्रिकामा समेत सम्पादक भएर काम गरिसकेका छन । एम ए.(समाजशास्त्र) र एम.बि.एस. (व्यवस्थापन) मा गरेका सिंह बिगत दश वर्षदेखि धनुषाबाट प्रकाशित विभिन्न पत्रिका तथा विभिन्न विद्युतिय संचार माध्यमहरुमा समेत काम गरिसकेका छन । सिंहले पत्रिकामा दिदै आएको योगदानको कदर गर्दै सिंहलाई अतिथि सम्पादकबाट सम्पादकमा नियुक्त गरिएको पत्रिकाका व्यवस्थापनले जनाएको छ । दैनिक पत्रिका राष्ट्रिय संजालका अध्यक्ष सिंहले विभिन्न धाक धम्मीका वावजुद पत्रकारिता क्षेत्रमा आफनो कलम चलाउंदै आएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्