धर्मगुरु को जन्मदिन मनाउन मुस्लिमहरुको र्याली
Advertise Here Book Now


रंजन भण्डारी
जलेश्वर, पौष २० गते ।
महोत्तरीका मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिन धुमधामका साथ मनाई रहेका छन  । इस्लामिक क्यालेन्डरको तेस्रो महिना रविउल्ल औयल्लको १२ तारिखको दिन महोत्तरी लगायत धनुषा ,सिरहा लगायत नेपाल र विश्वभरीका मुस्लिम धर्मावलम्बिहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि वर्षौ देखि मनाउदै आएका छन । महोत्तरीको धवौली,पिगौना,सारी, पडरिया,धमौरा, अध्ययनपुर, सिमरदही, लोहरपटटी  र कविलाशा लगायत महोत्तरीका प्राय सवै गाविसका मुस्लिम समुदायले उत्साहका साथ यो पर्व मनाइरहेका छन ।
विश्वमा शान्तिको सन्देश दिने हजरत मोहम्मदको जन्मदिनको अवसरमा मिलाद सरिफ, कुरानखानी, जलसा,शान्तिपुर्ण जुलुस प्रदर्शन गरिने गरिएको धमौराका रेहान शाहले जनाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्