घरमा लुकाई राखेको गांजा प्रहरी नियन्त्रणमा
Advertise Here Book Now


रंजन भण्डारी
जलेश्वर, पौष १९ गते ।
महोत्तरीको गाविस सितापुर भंगहा वडा नं ४ रामनगर विर्ता टोल स्थित शम्भु साह तेलीको घरबाट लुकाई रा खेकोे अवस्थामा करिब ३८ किलो गांजा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी,जलेश्वर र सितापुर प्रहरी चौकीको संयुक्त टोलीले शनिवार करिब ११ बजे विशेष सुराकिको आधारमा छापा मार्दा निज साहको घरमा गांजा फेला परेको हो । छापामार्दा निज साह फरार रहेकामा उनका १७ वर्षिय छोरा मुकेश साह लाई समाती प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्