गरिबलाई न्यानो
Advertise Here Book Now




रंजन भण्डारी
जलेश्वर, पौष २१ गते ।
महोत्तरी जिल्लामा चिसोको कारण मर्नेहरुको संख्या बढदै गइरहेकोमा प्राय सवै गरिब दलित बस्तीका हुने गरेका छन । उनीहरुसंग चिसोमा लगाउने लुगा छैन । यस्तो अवस्था देखेर मानव अधिकार रक्षक सञ्जाल ( थर्ड एलायन्स)ले सिमरदही भन्ने गाउमा केहि प्रयोग गरिएका न्यानो लुगाहरु वितरण गरेको छ । काठमाडौंमा संकलित सो लुगाहरु सोमवार सिमरदहीको ठाडी पोखरी स्थित  मुसहर वस्तिमा वितरण गर्न जादा मुसहर वस्तीका वासिन्दाहरु धेरै खुसी देखिएका थिए र केहि अरु लत्ता कपडा सहयोग गर्न अनुरोध समेत गरेका छन ।

सो लुगा वितरण कार्यक्रममा थर्ड एलायन्स महोत्तरीका प्रतिनिधि नागेन्द्र कुमार कर्ण , समग्र जनउत्थान केन्द्रका जिल्ला संयोजक अकबर अंसारी,एकिकृत माओवादीका नेता सत्येन्द्र कुमार यादव, सिमरदहीका समाजसेवी श्याम चौधरी , ईमेज नेटवर्कका महोत्तरी प्रतिनिधि राकेश प्रसाद चौधरी र द पब्लिक टुडे एवं रातोपाटीका महोत्तरी प्रतिनिधि रंजन भण्डारीको समेत सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्