वलीदानी दिवस सिरहाको लहानमा मनाउने तयारीमा , सहिद स्मारकलाई सजाउने काम सुरु
Advertise Here Book Now


श्रीकान्त झा । सिरहा लहान । पौष २०
सिरहा सहितको स्थानमा माघ ५ गते वलीदानी दिवस मनाईने भएको छ । प्रत्यक वार्ष  झै यस वार्ष सिरहाको लहानमा वलीदानी दिवस मनाईने आयोजक समितिले जनाएको छ ।  वढि परिश्रम हुने भएकोले विगत र्वाष झै यस र्वष पनि लहानको सहित चैक स्थित सहिद स्मारकलाई सजाउने काम सुरु गरेको छ । पहिला लगाएको पेन्टलाई उखालेर अर्को पेन्ट लगाउन पहिलाको पेन्टलाई मजदुरहरु सफा गरिरहेका छन् । मधेश आन्दोलन सिरहावाट सुरु भएको स्मरण गर्दै मधेशको मुख्य केन्द्रको रुपमा लहानलाई लिएरको हुनाले यहाँ भव्यताका साथ मनाईने गर्दछ । त्यस्तै सहिद स्मारकमा मधेशको सहिद युवा नेता रमेश महतोलगायतका स्मारक वनाईएको छ ।  दिवसको अवसरमा मधेशका सम्पुण राजनितिक कर्मीहरुको उपस्तिति रहने छ भने यसको प्रमुख अतिथिको रुपमा मधेश गठवन्धकको संयोजक सि के राउतले गर्ने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्