देशभर संविधानसभा अध्यक्ष नेम्वाङको पुतला जलाइयो
Advertise Here Book Now

सिरहा, ११ माघ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेको प्रवक्ता बनेर प्रश्नावली समिति गठन गरेको विरोधमा देशभर प्रदर्शन भएको छ । अध्यक्ष नेम्वाङको पुतला समेत जलाइएको हो ।
   एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको मोर्चामा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुले देशभरका सदरमुकाम तथा मुख्य बजारहरुमा विरोध जुलुस प्रदर्शन गर्दै नेम्वाङको पुतला जलाएको छ । 
   यस्तै सप्तरीको राजविराज, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरुमा समेत विरोध जुलुस निकालिएको छ । आज गठित प्रश्नावली समिति खारेज गर्नुपर्ने भन्दै विरोध प्रदर्शन भएको हो ।
   सिरहाको लहान र गोलबजारमा पनि नेम्वाङको पुतला जलाइएको स्थानीय पत्रकार गणेश साहले जानकारी दिए । गोलबजारमा एमाओवादीका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामकुमार यादबको नेतृत्वमा विरोध जुलुस निकालियो । जुलुस निकालेपछि झडप हुने सम्भावना देखिएको थियो ।
   यसैविच काठमाडौंमा प्रचण्ड नेतृत्वको मोर्चाको आक्समिक बैठक बसी प्रश्नावली समितिको विरोध गर्दै आन्दोलनको घोषणा गरेको छ । समिति बदर नगरेसम्म बार्तामा पनि नबस्ने मोर्चाका नेतृत्व गरिरहेका एमाओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्