साउदीको जेलमा यातना भोग्दै धनुषाका एक युवक
Advertise Here Book Now

काशिन्द्र कुमार शर्मा/जनकपुरधाम,माघ १० गते ।

बैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दा गर्दै दुर्घटना प्रकरणमा परि गत १ बर्षदेखि धनुषा जिल्लाका एक जना युवा जेलमा यातना भोगिरहेका छन् ।
गाविस पुष्पवलपुर वडा नं।–१ रतनपुरका संजीव कुमार यादब साउदी अरेबियाको केन्द्रिय जेल अलहासामा यातना भोगिरहेको बुझिएको छ ।
पीडित यादबका साथी संजय कुमार यादबका अनुसार, संजीव कार्यरत कम्पनीले तलब सम्बन्धी विवादलाई लिएर उनलाई पक्राउ गराएको दिनदेखि उनी जेलमा यातना भोगिरहेका छन् ।
नेपालको डायना ओभरसिज मेनपावर कुपनटोलबाट करिब ३ बर्ष अघि चालकको भिषा लिई अरेबियाको “मोहम्मद– हल – मोबारक” कम्पनीमा गएका संजीव करिब २ बर्ष जति काम गर्दा आकस्मिक सवारी दुर्घटनामा पर्दा एक जना भारतीय नागरिकको मृत्यूका साथै उनी पनि गम्भिर घाईते भएका थिए ।
उक्त सवारी दुर्घटनामा भारतीय नागरिक शाहिद मोहम्मदीनको गल्तीले दुर्घटनामा परि मृत्यू भएको र उनका परिवारजनले पनि सो कुरालाई बुझदै संजीवलाई कुनै अपराधिक प्रकरणको मुद्दा नलगाएपनि कम्पनीको कारण उनी जेलमा रहेको जनाइएको छ ।
दुर्घटनाका क्रममा संजीव स्वंयम घाइते भई ५ महिना अस्पतालमा उपचारपछि कम्पनीमा काम गर्न जांदा कम्पनीले सबै सुविधाहरु कटौती गरेको र सो सम्बन्धमा संजीवले कम्पनीसंग बुझ्न खोज्दा उनलाई जेल चलान गरिएको उनका साथी संजयले जानकारी दिनुभयो ।
उहांका अनुसार, संजीवको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र उनलाई जेलबाट मुक्त हुन करिब ८३ हजार रियाल ९ सउदीयन मुद्रा ० अर्थात करिब २२ लाख नेपाली रुपैया घरौटी राख्नुपर्ने अवस्थाका कारण पनि संजीवले यातना भोग्नुपरिरहेको छ ।
संजीवले साउदी अरेबिया स्थित नेपाली राजदुतावास रियादमा आफैले पनि सम्पूर्ण विवरण सहितको निवेदन दिई रिहाइएको लागि पहल गरिदिन आग्रह गरेको १ बर्ष भईसक्दा पनि कुनै पहल नभएकोले नेपाल सरकारले आफनो परिवारको विपन्नतालाई ध्यानमा राखि छोराको रिहाइका लागि पहल गरिदिन संजीवका बुवा रामकलाई यादबले आग्रह गर्नुभएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्