आदिवासी जनजातिको जनसभामा प्रहरी धरपकड
Advertise Here Book Now

 आधा दर्जन घाइते, ९ जना पक्राउ
??????????????????????????????????????????????
काठमाडौँ, माघ २- आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालद्वारा आज रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित जनसभामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपका कारण नेवाः स्वायत्त राज्य मङ्का सङ्घर्ष समितिका सचिवालय संयोजक मल्ल के सुन्दर, भरत पुर्जा, पासाङ शेर्पा, पवन लिम्बूलगायत आधा दर्जन सहभागी घाइते भएका छन् । सभाको उत्तरार्धमा प्रहरीले एक्कासी हस्तक्षेप गर्दा सङ्घीय गणतान्त्रिक समाजवादी पार्टीका महासचिव टेकबहादुर तामाङ तथा अन्य दलका आशीष सुनुवार, सञ्जय राई, प्रेम बोराम, पवन गुरुङ, पुकार गुरुङ, सूर्यप्रकाश सुनुवारलगायत नौ जनालाई पक्राउ गरिएको आयोजकले जनाएका छन् ।  पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माण गर्नुपर्ने, गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्नुपर्ने, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेलगायत माग राखी विगत एक महिनाअघिदेखि विभिन्न चरणमा आदिवासी जनजातिले देशभर आन्दोलन गर्दैआएका छन् । जनसभामा राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि कसको आदेशमा आक्रमण गर्न खोजिएको हो भन्ने प्रश्नको जवाफ नै नदिएर प्रहरीबाट आक्रमण गरिएको भन्दै त्यसको भत्र्सना गरे  । उनले  सबै उपेक्षित, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको मुक्तिका लागि आन्दोलनको सुरुआत गरिएको बताउँदै ती जाति, क्षेत्र र वर्गको अधिकार स्थापित नभएसम्म आन्दोलन जारी रहने बताए  । नेता तुलाधरले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भई पक्राउ गरिएका व्यक्तिको रिहाइ, घाइतेको उपचार र हस्तक्षेपमा संलग्न प्रहरीमाथि कारबाहीको पनि माग गरे । प्रहरी हस्तक्षेपका कारण आज दिउँसो शान्तिबाटिका वरपरको स्थिति केहीबेर तनावपूर्ण बनेको थियो । यसअघि आदिवासी जनजातिहरु समूह÷समूहमा सहरका विभिन्न भागबाट निस्केर शान्तिबाटिका आइपुगेका थिए । - रतोपाटी 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्