ट्विटरमार्फत तेस्रो विश्व युद्धको घोषणा
Advertise Here Book Now

twitter-hack-popeकाठमाडौ, ४ माघ(एजेन्सी) : ह्याकर्सको समुहले अमेरिकामा दुई सञ्चारमाध्यमका संस्थानहरूको ट्विटर ह्याक गरेर युद्ध र अर्थव्यवस्थासँग जोडिएका कयौ नक्कली पोष्ट गरेर हलचल मच्चाएका छन् ।
प्रतिष्ठित सञ्चारमाध्यम न्युयोर्क पोष्ट र युनाइटेड प्रेस इन्टरनेशनलको ट्विटर एकाउन्ट ह्याक गरेर उनीहरूले तेस्रो विश्वयुद्धको घोषणा भएको उल्लेख गरेका छन् । उनीहरूले पोप फ्रान्सिसलाई उदृत गर्दै तेस्रो विश्व युद्ध सुरू भएको जनाएका छन् ।
यसका साथै ह्याकर्सले युद्धको विषयलाई लिएर अन्य थुप्रै गलत प्रचार गर्ने प्रयास गरेका छन् । अमेरिका र चीनको शत्त्रुतालाई उदृत गर्दै पोष्टमा वासिंगटनको एक एयरक्राफ्ट करिअर दक्षिणी चीन सागरमा चीनको युद्धकपोत विरूद्ध युद्धका लागि तयार रहेको छ । ह्याकर्सले युद्ध मात्र नभई अर्थव्यवौस्थासँग जोडिएका ट्विटहरू पनि गरेका छन् । युनाइटेड प्रेस इन्टरनेशनलको एकाउण्टबाट बैक अफ अमेरिकाका सिईओलाई उदृत गर्दै पोष्टमा केही दावीहरू पनि गरेका छन् ।
ती ट्विटहरूलाई तुरून्तै हटाइएको थियो । केहीबेरपछि नै न्युयोर्क पोष्टले ट्विट गरेर उनीहरूको ट्विटर एकाउण्ट ह्याक गरिएको र यसका विषयमा जाँच भइरहेको बताएको थियो । यसभन्दा पहिले पनि एएफपी र बीबीसीसमेत सबै मिडिया संस्थानहरूको ट्विटर एकाउण्ट ह्याक भएको समाचार आईसकेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्