लाखौंको मदिरा तथा कच्चा पदार्थ नष्ट ।
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा , १४ माघ ।


सिरहा प्रहरीले लाखौं मोल बराबरको मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–६ मा लाखौं मूल्य बराबरको अवैध मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । अवैध रुपमा उत्पादन हुँदै आएको तीन सय लिटरभन्दा बढी मदिरा र मदिरा बनाउन तयार पारिको २५ सय लिटर कच्चा पदार्थ प्रहरीले नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा बुधबार अप्रान्ह गएको टोलीले सो स्थानबाट तीन सय लिटर मदिरा, मदिरा उत्पादनको लागि तयारी अवस्थामा रहेको कच्चा पदार्थ र मदिरा उत्पादन गर्ने मेसीन र ड्रमहरु बरामद गरेको छ । प्रहरीले स्थानीय श्रीप्रसाद साह, बेलहीवाला साह, सरोज तामाङ, लिलावहादुर तामाङ लागायतका घरबाट मदिरा उत्पानमा प्रयोग हुने १६ थान ठूलो ड्रम, ठूलो सिलाबरको भाँडा तीन थान, प्लाटीकको बट्टा सानो १४ थान र  चार थान मेसीन बरामद गरेको निरिक्षक निरौलाले जानकारी दिए । बजार मुल्य अनुसार उत्पानमा प्रयोग हुने सामग्री तथा कच्चा पदार्थको मूल्य करिव दुई लाख पर्ने बताइएको छ । हामीले पटक पटक छापा मार्ने गरेपनि यस क्षेत्रमा अझै पनि खुलायाम मदिरा उत्पादन र विक्रि वितरण हुँदै आएपनि प्रहरीले अभियानकै रुपमा उत्पादन गर्ने भट्टी नै नष्ट गर्ने योजना बनाएको निरिक्षक निरौला बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्