विमान दुर्घटना भयो, दशको मृत्यु
Advertise Here Book Now

१३ माघ, म्याड्रिड ।
सोमबार अपराह्नमा स्पेनको हवाई शिविरमा ग्रिकको एफ१६ विमान उडान भर्ने क्रममा भएको दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अरु २१ जना घाइते भएका छन् ।
सो विमान नेटो सैनिकको रहेको बताइएको छ । नेटोको तालिम अभ्यासमा संलग्न सो लडाकू विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
spain plane crash
यस दुर्घटनामा परी सैनिक सेवामा संलग्न दुई ग्रिक चालक र आठ फ्रान्सेली नागरिकको मृत्यु भएको स्पेनका प्रधानमन्त्री मारिआनो राजोएले सोमबार साँझ पुष्टि गरेका छन् ।
त्यसैगरी सो दुर्घटनामा परी १० फ्रासेली र ११ इटालियन नागरिक पनि घाइते भएको जनाइएको छ ।
स्पेनको मध्य प्रान्त आल्बाकेटेको लोस ल्लानोसमा अवस्थित नेटोको हवाई शिविरमा स्थानीय समयाअनुसार १५: १८ बजे सो दुर्घटना भएको जनाइएको छ । 
नेटोका महासचिब जनरल जेन्स स्टोल्टेनबेर्गले यस दुर्घटनाबाट आफु अत्यन्त दुखित भएको एक विज्ञप्तिमार्फत बताएका छन् ।
यस दुःखद घटनाबाट नेटो परिवार नै प्रभावित भएको पनि उनले सो विज्ञप्तिमा उल्लेख गरेको बताइएको छ । रासस ÷सिन्ह्वा

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्