पक्राउ परेकामाथि मुद्दा दर्ता
Advertise Here Book Now


सिरहा, ६ माघ (साक्षी)– प्रहरीमाथि ढुङ्गामुढा र सवारी साधन तोडफोड
गरेको आरोपमा प्रहरीले सोमवार पक्रेका चार विद्यार्थीमाथि सार्वजनिक मुद्दा
चलाएको छ । मुद्दा चलाएको पुष्टि ईलाका प्रहरी कार्यालय लहानका प्रहरी
नायब उपरिक्षक ज्ञानेन्द्र फुयाँलले मंगलवार गरेका हुन् ।
उनका अनुसार झडप गरिरहेको अवस्थामा चारै जनालाई जिल्ला प्रहरी
कार्यालय सिरहाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तेनुवापट्टी ३
का धिरज कुमार यादब, लहान नपा १ का रोषण चौधरी, देबु चौधरी र अजय
गुप्ता रहेका छन् । यि सबै विद्यार्थी हुन् ।
उनीहरुलाई लहानबाटै सोमवार दिउँसो पक्राउ गरेपनि ईप्रका लहानले
पक्राउबारे पुष्टि गरेका थिएनन् । सोमबार साँझमा पनि प्रहरी नायब उपरिक्षक
फुयाँलले कोही पक्राउ नगरेको बताएका थिए ।
प्रहरीले विद्यार्थीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडी बढाइसकेपछि
मात्र सार्वजनिक गर्नु मानव अधिकारको उल्लंघन भएको अधिकारकर्मीहरुले
बताएका छन् । समग्र विकास सेवा केन्द्रका संयोजक दुर्गा महतोले भने,
‘प्रहरीले पक्रेर सार्वजनिक नगरी एक्कासी मुद्दा चलाएको प्रति हाम्रो ध्यानाकर्षण
भएको छ । निर्दोष ति विद्यार्थीहरुलाई छाड्न प्रशासनसँग मेरो आग्रह छ ।’

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्