लहानमा तनाव, चार सेल अश्रुग्यास प्रहार
Advertise Here Book Now

लहान, ५ माघ । स्वतन्त्र मधेस गठबन्धनद्वारा आज दिउँसो लहानमा मनाउने भनिएको आठौँ बलिदानी दिवसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
गठबन्धनको आह्वानमा लहानस्थित पशुपति आदर्श उच्च माविको प्राङ्गणमा सिके राउतले सम्बोधन गर्ने भनिएको कार्यक्रम आज दिउँसो प्रहरीले बिथोलेपछि तनाव भएको हो ।
प्रहरीले राउत नआउँदै विद्यालयको प्राङ्गणबाट सबैलाई बाहिर निकालेपछि प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । प्रहरीले विद्यालयको उत्तर र दक्षिण ढोकाबाट सबैलाई निकाल्न थालेपछि प्रहरीमाथि ढुङ्गा प्रहार हुँदा प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले ज्यादती गरेको भन्दै गठबन्धन सम्बद्ध युवाले विद्यालय अगाडि बजार प्रवेश गर्ने मुख्य सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । पशुपति आदर्श उच्च मावि अगाडिका पसल अहिले बन्द गरिएका छन् ।
विद्यालयको चौरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कब्जा गरेका छन् भने गठबन्धनका समर्थकहरु विद्यालय अगाडि बजार प्रवेश गर्ने मुख्य सडक अवरोध गरेर नाराबाजी गरिरहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्