गणतन्त्र दिवसमा संविधान जारी गर्ने प्रतिबद्धतासहित माफी माग्ने तयारी
Advertise Here Book Now

सम्बाददाता-
Four Party
आफूहरु असफल भएको भन्दै माफी कसरी माग्ने कसरतमा नेताहरु (साभार फोटो)
संविधानसभाबाट माघ ८ गते संविधान जारी गर्ने मिति गुज्रिएपछि प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुले संविधान दिन नसकेकोमा संयुक्त विज्ञप्ति जारी गरी जनतासंग क्षमा माग्ने भएका छन् । नेताहरुले गणतन्त्र दिवसका अवसरमा संविधान जारी गर्ने प्रतिबद्धतासहित माफी माग्ने भएका हुन् ।
संविधानसभाको बैठकबाट क्षमायाचना गरिने अपेक्षा भए पनि बिहीबार दिउँसो बसेको संविधानसभाको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएपछि चार दलबीच सो कसरत शुरु भएको हो ।
चार दलीय बैठकमा प्रधानमन्त्री सुशील कोइराला र बसेको बैठकमा कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी दलका नेताहरुको सहभागिता छ ।
‘तर यसमा सहमति भैसकेको छैन । एक नेताका अनुसार संविधान जारी गर्न कम्तिमा संयुक्त बक्तब्य जारी गरेर जनतासँग माफी माग्ने कसरत सुरु भएको छ यदि सहमति भयो भने बिहिबार नै चारपक्षीय बैठक बसेर संयुक्त बक्तब्य निस्कन्छ ।
संविधानसभा बैठक अबरुद्ध गरेर बाहिर निस्कने क्रममा एमाओवादी नेता तथा संवैधानिक राजनीतिक समितिका सभापति डा। बाबुराम भट्टराईले जनतासंग क्षमायाचना गर्नुपर्ने बताउनुभएको थियो । यतिबेला जनतासँग माफी माग्दै संयुक्त बक्तब्य निकाल्न एमाओवादी नेता डा बाबुराम भट्टराईसहितले पहल गरिरहनुभएको समाचार छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्