जिल्ला अस्पताल जलेश्वरमा अस्पताल प्रमुखको ब्रहम लुट
Advertise Here Book Now

18082014279राजकरण महतो,
महोत्तरी, माघ ३ गते ।
जिल्ला अस्पताल जलेश्वरमा ब्रहमलुट मचेको रहस्य बाहिरीएको छ । जिल्ला अस्पताल
जलेश्वरका मेडिकल सुप्रिडेन्ट तथा जिल्ला जनस्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका
प्रमुख रामपरिक्षण यावदले विभिन्न शीर्षकमा मनोमानी ढंगले रकम निकास गर्दै
अस्पतालमा संचालित कार्यक्रममा आफ्नै नातेदारहरुलाई जिम्मेवारी हस्तान्तरण
गरेर पेश्की रकम दिएपछि अस्पताल कर्मचारी तथा स्थानीयवासिन्दा अर्कोशित भएका
छन् ।
प्रमुख यादवले सुतकेरीलाई वितरण गर्ने न्यानो झोला (लुगा) टेन्डर गरि
निकालनु पर्नेमा उनले मानोमानी ढंगले ११ लाख बराबरको न्यानो झोला
किनेको रहस्य बाहिरीएको छ । आँक इन्टरप्राइजेज काठमाँडौबाट न्यानो
झोला किनेको हो ।
प्रमुख यादवले परिवार नियोजन कार्यक्रम र जंनसंख्या कार्यक्रममा कर्मचारी
हुदाँ हुदैं काज सरुवामामा बोलाएर आफ्ना मतियारहरुलाई पेश्की बाँडेको
रहस्य पनि बाहिरीएको छ ।   आमा सुरक्षा कार्यक्रमको निर्देशीका विपरीत
प्रक्रिया नपु¥याएर न्यानो झोला खरिद गरिएको छ ।
अख्तियारको आँखामा पटक पटक परेका प्रमुख यादवले परिवार नियोजन कार्यक्रमका
लागि पहिले देखिनै परिवार नियोजन अधिकृत विरेन्द्र कुमार तिवारी एवम्
पब्लिक हेर्थ नर्स देवी रेगमी हुदाँ हुदैं उनीहरुबाट अधिकार कटौति गरेर
आफ्ना नातेदार एवम गाउँले विजय यादव लगायतका चिकित्सकहरुलाई अधिकार
प्रत्यारोपन गरि उनीहरुलाई करीब ११ लाख पेश्की दिएर काम गर्न दिएको अस्पताल
श्रोतले जनाएको छ ।
जनसंख्या कार्यक्रमका फोक्ल पर्सन जनस्वास्थ्य अधिकृत अनिल कुमार पाण्डे तथा
तथ्याँक अधिकृत भोला यादव काम गरिरहदाँ पनि प्रमुख यादवले पिगौना
उपस्वास्थ्य चौकीका सिनियर अहेव विनोद यादवलाई काजमा जिल्ला जनस्वास्थय
कार्यालयमा ल्याएर जनसंख्या कार्यक्रम अगाडी बढाउन पौषमा ११ लाख रुपैयाँ
पेश्की दिएका छन् ।
यता प्रमुख रामपरिक्षण यादवले केन्द्रबाट न्यानो झोला खरिदको लागि
साउनमा आउनु पर्ने रकम नआएपछि आफुले विना टेन्डर न्यानो झोला खरिद
गरेको बताएका छन् । जाडोमा सुतकेरीलाई न्यानो लुगा वितरण गर्नु पर्ने
तर समयमा केन्द्रले बजेट नपठाएपछि आफुले पहिलो चरणमा विना टेन्डर
न्यानो झोला खरिद गरेको उनले दावी गरेका छन् । आफुले कुनै
नातेदारहरुलाई कानुन विपरीत अधिकार दिएर काममा नलगाएको प्रमुख यादवले
दावी गरेका छन् ।
जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष मदन कुमार साहले प्रमुख यादवले
अस्पतालमा पहिलेका कर्मचारीहरुबाट अधिकार खोसेर आफ्ना आफ्न्त तथा
नातेदारलाई पेश्की दिएर काममा लगाएको कुरो सत्य छ । आफ्नो मनोमानि
ढंगले प्रमुख यादवले कामकाज गरिरहेको साहले बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्