बन्दकर्ताको मृत्युबारे गृहले यस्तो बोल्यो
Advertise Here Book Now

गृह मन्त्रालयले धनुषा जिल्लामा सुरक्षाकर्मीले कुनै पनि बल प्रयोग नगरेको जनाएको छ ।
प्रहरीको बल प्रयोगका क्रममा राजाराम झाको निधन भएको भन्ने भनाइमा कुनै पनि सत्यता नभएको भन्दै मन्त्रालयले उपचारको क्रममा उनको निधन भएको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले  भने ‘‘बन्द गराउँदै हिँडेका झा बेहोस भई ढलेको र एम्बुलेन्ससमेत जान नसक्ने स्थितिमा उपचारका लागि प्रहरी भ्यानमा राखेर अस्पताल पु-याइएको हो, प्रहरीले दमन गरेको भन्ने भनाइमा कुनै सत्यता छैन ।’’
Home ministry nepalस्थानीय प्रहरी प्रशासनले समेत झा आफैँ बेहोस भएर ढलेको बताएको छ । अस्पताल लगेपछि मृत्यु भएको र प्रहरीले कुनै पनि बल प्रयोग नगरेको गृह प्रवक्ता ढकालको भनाइ छ । गुडिरहेको ट्रयाक्टरलाई रोक्न खोज्ने क्रममा झा बेहोस भएर ढलेको समाचार आएपछि प्रहरीले उनको उद्धार गरेर अस्पताल पु-याएको मन्त्रालयको भनाइ छ ।
एकीकृत नेकपा(माओवादी) नेतृत्वको ३० दलीय मोर्चाको आज साँझ सिंहदरबारमा बसेको बैठकले भने झाको मृत्यु प्रहरीको कुटाइबाट भएको बताएको छ । प्रहरीको पिटाइबाट झाको निधन भएको भन्दै मोर्चाले सो घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
मोर्चाका संयोजक पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘‘प्रहरीको कुटाइबाट निधन भएका राजाराम झालाई सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्दछौँ ।’’ विज्ञप्तिमा सो घटनाका सम्बन्धमा तत्काल छानबिन नगरिए तराई मधेसमा थप सङ्घर्षको कार्यक्रम अगाडि बढाइने उल्लेख छ । रासस

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्