म मधेश गएपछि मधेशीहरु युपी र विहार जान्छन्ः ओली
Advertise Here Book Now

kp oliकाठमाडौं पुस २७ – मधेशवादी दलहरुसँग कुनै पनि हालतमा माफी नमाग्ने बताउँदै आएका एमाले अध्यक्ष केपी ओलीले शीर्ष तीन दलीय बैठकमा आफू मधेश झरे मधेशवादी दलहरु युपी र विहार पुग्ने अभिव्यक्ति दिएका छन् । बैठकमा ‘तपाईंले माफी नमागी मधेशवादी दल नबस्ने भए, सहमति कसरी होला ?’ भनेर काग्रेसका एक नेताले सोधेको प्रश्नमा ‘म भएको ठाउँमा मधेशवादी दल नआए म मधेश जान्छु, म मधेश गएपछि उनीहरु युपी र विहार जान्छन्’ ओलीले जवाफ दिएका थिए । एमाले अध्यक्ष ओलीले अपशब्द प्रयोग गरेको भन्दै शनिबार बालुवाटारमा आयोजित शीर्ष बैठकमा सहभागिता नजनाएका मधेशी दलको ‘माफी’ माग्नुपर्ने शर्तको उनले उस्तै तर अझ कडा प्रतिवाद गरेको बैठकमा सहभागी एक नेताले बताए । निर्धारित समयभन्दा ३ घण्टा ढिला बैठकमा पुगेका ओलीले पुग्नासाथै ‘के के गर्नुभयो ? केके भयो ?’ भन्दै प्रश्न गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले ‘तीन घण्टा ढिला आउने अनि आउनासाथै अन्र्तवार्ता शुरु गर्ने’ भनि प्रतिप्रश्न गरेका थिए । ओली टसकामस नभएपछि सहमतिको लक्षण नदेखिएको बैठकमा सहभागी एक नेताले बताए ।                                                                 -ratopati

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्