पति मलेसियामा, पत्निको यौन प्यास, नहरमा नवजात
Advertise Here Book Now


अनिता यादव
सप्तरी, माघ । सप्तरीको सदरमुकाम राजविराज २ स्थित कोशी पश्चिमी नहरमा शनिबार बिहान एक बेबारिसे नवजात शिशुको शव फेला परेको छ ।



राजविराज नगरपालिका ९ निवासी भैया लाल रजककी श्रीमति गिता रजकको नव जात शिशु नहरमा बेवारिसे अवस्थामा फेला परेको हो । श्रीमान विगत केही महिनादेखि बैदैशिक रोजगारको शिलशिलामा मलेसियामा रहेको बेला गर्भवती भएकी गिताले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सो शिशु जन्माएकी थिईन् । तर, जन्मेको चार दिन नबित्दै उनले सो नवजात शिशु घर नजिककैको नहरमा फालेकी प्रहरीको अनुमान छ । बिहान शिशु रोइरहेको स्थानीयबासीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



फेला परेको सो वनजात शिशुको चिसो मौसममा नहरमा फालेपछि अवस्था गम्भीर रहेको तथा हाल उनको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सो शिशुलाई उपचारको लागि अस्पतालमा लगेपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले गत्त मंगलबार उक्त शिशुको अस्पतालमै जन्म भएको बताएपछि खोजतलाश गर्दा शिशुका आमा गिता रजकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ ।



पक्राउ परेकी रजकले आफनो छोरीको मृत्यु भएको भन्दै नहरमा फालेको बताएको प्रहरीले जनाएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्