जितसँगै नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन–वानमा उक्लियो (तालिका सहित)
Advertise Here Book Now

७ माघ, काठमाडौ ।  नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन–वानमा उक्लिएको छ । डिभिजन टु मा लगातार तेस्रो जित हात पार्ने क्रममा आज नामिबियालाई हराएसंगै नेपाल डिभिजन वानमा उक्लिएको हो । केन्या विरुद्ध खेल्न बाँकी छदै नेपाल नेट रनरेटका आधारमा नेपाल डिभिजन टुको फाईनलमा समेत प्रवेश गरेको छ ।
जितसंगै नेपालले आईसीसी र्वल्ड क्रिकेट लिग च्याम्पीयनसिप र आईसीसी ईन्टरकन्टिनेन्टल कप पनि खेल्न पाउने भएको छ । समान ४ खेल खेलेर ३ खेलमा जित हात पारेको नामिबिया भने डिभिजन वानमा पुग्न अर्को खेल जित्नै पर्ने दबाबमा परेको छ । लिग तालिकामा नामिबिया दोस्रो स्थानमा पुगेको छ भने केन्या तेस्रो स्थानमा छ । युगाण्डा चौंथोे, नेदरल्याण्ड्स पाचौं र क्यानडा छैठोैं स्थानमा छन् ।
Nepali cricket team won
आइसीसी विश्व क्रिकेट लिग डिभिजन–टु को नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज आयोजक नामिबियालाई ३ विकेटले हराउँदै नेपाल लिग तालिकाको शिर्ष स्थानमा पनि उक्लिएको छ । नामिबियाले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ३७ दशमलव ५ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य पुरा ग-यो । नेपालका लागि कप्तान पारस खड्काले ५६ बलमा ६ चौका र ३ छक्काको मद्धतमा ६४ रन बनाए ।
यस्तै ज्ञानेन्द्र मल्लले ३१ र बिनोद भण्डारीले १८ रन जोडे । यस्तै शरद भेषवाकरले र सागर पुनले ७÷७, बसन्त रेग्मीले ५, सुवास खकुरेलले ४, सोमपाल कामीले र आरिफ शेखले १ रन जोडे । यस अघि नेपालको कसिलो बलिङ सामु नामिबिया ५ बल खेल्न बाँकी छदै सबै विकट गुमाएर १ सय ४२ रनमा समेटियो । करण केसीको नेदरल्यान्ड्सविरुद्ध ५ विकेट लिएका करण केसीले आज ६ ओभर १ बल बलिङ गर्दै मात्र १२ खर्चेर ३ विकेट लिए ।
Cricket League Talika
 त्यसैगरी, शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीले समान २–२ विकेट लिए । तीनमध्ये दुई खेल जितेको नेपालले आजको खेलमा फराकिलो जित हासिल गरेर एक खेल खेल्न बाँकी छँदै डिभिजन–१ को बाटो पक्का गर्नेछ । जारी प्रतियोगितामा नामिबिया ३ ओटै खेलमा जित हात पार्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपाल ३ मध्य २ खेल जित र एकमा हार बेहोर्दै ४ अंक सहित दोस्रो स्थानमा छ । पहिलो खेलमा युगाण्डासंग २ रनले हार खाएको नेपालले त्यसपछिका २ खेलमा लगातार जित हात पारेको थियो । नेपालले पर्सि केन्यासंग खेल्नेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्