नेपाल बन्द, जनता पीरोलिदै
Advertise Here Book Now

एमाले पार्टी कार्यालयमा व्यापक प्रहरी परिचालन
रंजन भण्डारी
जलेश्वर,माघ ६ गते ।DSCN2500
महोत्तरी लगायत पुरै नेपालमा एनेकपा माओवादी,नेकपा(माओवादी,सदभावना,जनतान्त्रिक फोरम लगायतका ३६ दलले मंगलवार गरेको बन्दले देशनै प्रभावित भएको छ । नेपालका विभिन्न भागमा बन्दको अवज्ञा गरेको भन्दै बस,ट्याक्सी लगायतका सवारी साधनमा तोडफोड गरियो भने । केहि ठाउमा एमालेको पार्टी कार्यालयमा ढुंगामुढा र तोडफोड समेत गरिएको छ ।
महोत्तरीको जलेश्वर,बर्दिवास,गौशाला,रामगोपालपुर लगायतको ठाउमा  पसल र सवारी साधन पुर्णरुपमा बन्द गराईदा जनताले दुःख भोग्नु परेको छ । भने भारतबाट आउने खाद्यान्नका सवारीहरु भिटठामोड भन्सार मै रोकिएको थियो । बन्दको फाईदा उठाउदै केहि साना साधनहरुले यात्रुहरुसंग आफु खुसी भाडा समेत उसुलेका छन भने केहि यात्रुहरु मांगे जति पैसा आफुसंग नहुदा पैदल नै यात्रा गर्न वाध्य भएका थिए । बन्दकै क्रममा निस्केको जुलुसले जलेश्वर स्थित एमालेको पार्टी कार्यालय तोडफोड नर्ग सक्ने भन्दै एमालेको पार्टी कार्यालय भित्रै र छेउछाउमा समेत व्यापक रुपमा शुरक्षाकर्मी खटाईएको थियो ।  सयौको संख्यामा रहेको जुलुसले जलेश्वरको बुद्धिजिवि चौकमा हेम पाईप तेर्साई जलेश्वर जनकपुर सडक र कभर्ड हलको सामुन्ने बाटोमाDSCN2502रुखको सिलहरु राखी बाटो अबरुद्ध पारेका थिए ।
आजको आफ्नो बन्द सफल भएको र सत्ताको प्रलोभनमा परेर  सहमतिय संबिधानको निर्माण नगरि एमाले र कांग्रेसले ल्याउन लागेको संबिधान संघियता बिरोधी भएको र यसले जनताको मांग सम्बोधन नगर्ने बताउदै बहुमतिय प्रणालीमा संबिधान ल्याए त्यसलाई जलाईने र देशमा तेस्रो जनआन्दोलनको थालनी हुने एमाओवादी महोत्तरीका सुचना  विभाग प्रमुख सत्येन्द्र यादव ले जनाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्